• सोमबार ९-२-२०७५/Monday 12-17-2018
  • 04:13:15

सन्दकपुर दैनिकका रोहितचन्द्र भट्टराई प्रेस संगठन नेपालको केन्द्रीय सदस्यमा

इलाम, ९ भदौ  
इलामबाट प्रकाशन भइरहेको सन्दकपुर दैनिक र सन्दकपुर अनलाइन पत्रिकाका प्रकाशक रोहितचन्द्र भट्टराई प्रेस संगठन नेपालको केन्द्रीय सदस्य बनेका छन् । पार्टी एकीकरण हुनुअघिको नेकपा (एमाले)को भ्रातृ संगठन प्रेस चौतारी नेपाल र नेकपा (एकीकृत माओवादी)को भ्रातृ संगठन प्रेस सेण्टर नेपाल मिलेर बनेको प्रेस संगठन नेपालको केन्द्रीय सदस्यमा भट्टराईसहित इलामका तीन जना परेका हुन् । 


नेपाल पत्रकार महासंघ इलाम शाखाका पूर्व अध्यक्ष रहेका भट्राईसहित हाल महासंघका केन्द्रीय सदस्य तथा इलाम शाखाका पूर्व अध्यक्ष सटेन्द्र जबेगू र प्रेस चौतारी नेपाल इलाम शाखाका पूर्व अध्यक्ष राजु शिवा प्रेस संगठनको केन्द्रीय सदस्यमा परेका हुन् । नेपाल कम्यूनिष्ट पार्टीले दुई संगठन एकताका लागि गठन गरेको कार्यदलले उनीहरुसहित प्रेस संगठनको २२५ सदस्यीय केन्द्रीय समितिको नाम सहितको एकता प्रतिवेदन पार्टीलाई बुझाएको हो ।
 

प्रतिकृया दिनुहोस