• बिहीबार १-१३-२०७५/Thursday 04-26-2018
  • 05:17:50

गुरुकुललाई प्रभु बैंकको सहयोग

सन्दकपुर संवाददाता
इलाम, २९ माघ ः
 इलाम नगरपालिका ५ को तोरीबारीस्थित सप्तमाई गुरुकुल संस्कृत वाङ्मय अध्ययन अनुसन्धान केन्द्र (विद्याश्रम ) लाई प्रभु बैंकले बीस हजार रुपैयाँ नगद सहयोग गरेको छ । विद्याश्रममा हाल सञ्चालन भइरहेको महापुराणको अवसरमा विद्यार्थीको पठनपाठनको सहयोगका लागि भनेर बैंकले सहयोग गरेको जनाइएको छ । नगद हस्तान्तरण प्रभु बैंकका शाखा प्रबन्धक रोशन संग्रौलाले गरेको कर्मचारी निरोज दहालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस