• शनिबार ५-२-२०७५/Saturday 08-18-2018
  • 10:45:43

मावुमा ‘जेमस्टोन’ को अध्ययन सुरु

इलामको माबु गाविसमा गरगहना, पोते र मालामा प्रयोग गरिने ‘जेमस्टोन’ को अध्ययन सुरु गरिएको छ ।

काठमाडौँस्थित पशुपति मिनरल्स प्रालि र टेवारो जेम्स स्टोनले संयुक्त रूपमा मावुस्थित विभिन्न सामुदायिक वनमा अध्ययन सुरु गरेका हुन् । मावु–८ स्थित मावुथाम सामुदायिक वन र मावु–२ को वनेलकुरी सामुदायिक वन क्षेत्रमा अध्ययन सुरु गरिएको अध्ययन टोलीका प्रमुख जीवन घिमिरेले जानकारी दिए । करिब चार दशकअघि यसै ठाउँमा सरकारी स्तरबाट पनि अध्ययन भएको स्थानीय बताउँछन् ।

अध्ययन टोलीलाई स्थानीय सामुदायिक वन र गाउँ विकास समितिको कार्यालयले अध्ययन अनुमति दिइसकेका छन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति र जिल्ला वन कार्यालयबाट पनि अध्ययनका लागि सिफारिस दिइएको छ ।

खानी तथा भू–गर्भ विभागबाट चार वर्षमा अध्ययन सक्ने गरी अनुमति लिएर मावु आइपुगेको घिमिरेले बताए । माबुको हिले तीनतले भन्ने स्थानमा खानी रहेको भू–गर्भ विभागले जानकारी दिएको छ । यो पटक अध्ययन मात्र हुने घिमिरेले जानकारी दिए । यो चार वर्षको लाइसेन्सले अध्ययन मात्र गरिन्छ । जेमस्टोनको खानी नै भएको पत्ता लाग्यो भने पुनः भू–गर्भ विभागबाट उत्खननको लाइसेन्स लिएर अन्य प्रक्रिया अघि बढाइनेछ, उनले भने ।

जिल्लाको विरिङखोलामा सुनखानी, सुम्वेक–८ मा मार्बल खानी, पञ्चकन्या–९ मलिममा कोइलाखानी, जीतपुरमा फलामखानी हुन सक्ने विज्ञहरू बताउँछन् । रासस

प्रतिकृया दिनुहोस