• मंगलबार ५-५-२०७५/Tuesday 08-21-2018
  • 11:04:23

पुनःरोजगारीका लागि भाषा परीक्षा भदौमा

सन्दकपुर संवाददाता
इलाम, २४ साउन :
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत गणतन्त्र कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनःरोजगारीका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ । बैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले हिजो बुधबार एक सूचना जारी गर्दै आगामी भदौ ८ गतेदेखि कम्प्युटरमा आधारित दोस्रो चरणको कोरियन भाषा विशेष परीक्षा (सिबिटी) सञ्चालन गर्ने जनाएको हो । शाखाले पहिलो चरणको कम्प्युटरमा आधारित भाषा परीक्षा गत वैशाख १७ गते सञ्चालन गरेको थियो । 
यसैबीच सन् २०१८ को भाषा परीक्षा उतीर्ण गरी उत्पादनमुलक र कृषि तथा पशुपालनतर्फ छनोट भएका उम्मेदवारको आगामी भदौ ४ देखि ११ गतेसम्म स्वास्थ्य परीक्षण हुने शाखाले जनाएको छ । गत जेठ २६ र २७ गते लिइएको नवौँ चरणको कोरियन भाषा परीक्षामा सात हजार ९९६ जना उतीर्ण भएका थिए ।

प्रतिकृया दिनुहोस