• मंगलबार ५-५-२०७५/Tuesday 08-21-2018
  • 11:05:07

राजमार्गमा ट्राफिक सन्देशका होर्डिङ बोर्ड

सन्दकपुर संवाददाता
इलाम, २४ साउन
: इलाममा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना कम गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । पछिल्लो पटक कार्यालयले मेची राजमार्गको माईखोला (राजदुवाली)देखि बिब्ल्याँटेसम्मको भागमा ट्राफिक जनचेतनामूलक होर्डिङ बोर्ड राखेर कार्यक्रमलाई निरन्तरता दिएको हो ।
सो खण्डमा कार्यालयले १२ वटा स्थानमा विभिन्न चेतनामूलक सन्देशसहितका बोर्डहरु राखेको छ । ती बोर्डहरुमा ‘तीब्र गति, जीवन क्षति’, ‘मापसे गरेर सवारीसाधन नचलाऔँ’, ‘म असल चालक हुँ’, ‘सवारी साधन चलाउँदा दूरीको कायम गरौँ’, ‘आपूm पनि बचौँ, अरुलाई पनि बचाऔँ’, ‘म मोटरसाइकल चलाउँदा अनिवार्य हेलमेट प्रयोग गर्छु’, ‘१८ वर्ष नपुगी मोटरसाइकल नचलाऔँ’ जस्ता सन्देशहरु राखिएको छ ।
कार्यालय प्रमुख तथा प्रहरी नायव निरीक्षक (सई) पदम राईका अनुसार सवारी दुर्घटना कम गर्नका लागि अभैm यस्ता सन्देशहरुसहितका होर्डिङ बोर्ड मेची राजमार्गका विभिन्न ठाउँमा राख्ने तयारी गरिएको छ । ‘अहिले बनाउने क्रममा छौँ’, उनले भने, ‘अभैm राजमार्गमा यस्ता सन्देश राख्नेछौँ ।’ उनले यस्तो सन्देश राख्नेसहितका चेतनामूलक काम गरेपछि सवारी दुर्घटनामा कमी आएको बताए ।

प्रतिकृया दिनुहोस