• मंगलबार ५-५-२०७५/Tuesday 08-21-2018
  • 11:05:10

गतवर्ष इलाममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयद्वारा २१ करोडका ५० वटा योजना सम्पन्न

सन्दकपुर संवाददाता
इलाम, २३ साउन
: इलामको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले गत आर्थिक वर्ष (२०७४÷०७५)मा ५० वटा खानेपानीसम्बन्धी आयोजनाहरू सम्पन्न गरेको छ । ती आयोजनाहरूमा छुट्टिएको जम्मा २१ करोड पाँख लाख ९३ हजार रुपैयाँ बजेटमध्ये २१ करोड चार लाख ६२ हजार ६५३ रुपैयाँ खर्च भएर एक लाख ३० हजार ३४८ रुपैयाँ उब्रिएको कार्यालयले जनाएको छ ।
कार्यालयले सम्पन्न गरेका योजनामध्ये सबैभन्दा ठूलो इलाम नगरपालिकामा ल्याइएको गिताङ्ग खानेपानी आयोजनामा एक करोड ७९ लाख ४२ हजार ९५७ रुपैयाँ खर्च भएको कार्यालयको अभिलेखमा छ । त्यस्तै ठूला योजनाहरूमा जोगमाई मुहान कन्याम पञ्चकन्या लक्ष्मीपुर आयोजनामा एक करोड ३६ लाख ९६ हजार ५५९ रुपैयाँ, मान्द्रेनी खापाआमा एक करोड ३१ लाख ९३ हजार ८४ रुपैयाँ, चुलाचुली खापाआमा एक करोड १९ लाख ९९ हजार ६१४ रुपैयाँ र मङ्गलबारे गुणस्तर सुधारमा एक करोड नौ लाख ८२ हजार ८६१ रुपैयाँ खर्च भएको छ ।
कार्यालयले महमाई दोस्रो खापाआमा ६७ हजार ८५९ रुपैयाँ, धुसेनी खापाआमा ६२ लाख ९८ हजार ८६७ रुपैयाँ, मिक्लाजुङ खापाआमा ४६ लाख ४९ हजार ८५२ रुपैयाँ, पशुपतिनगर खापाआमा ५० लाख ९८ हजार ५२७ रुपैयाँ, जिर्मले खापाआमा ३९ लाख ४६ हजार ९३७ रुपैयाँ खर्च गरेको छ । यसैगरी महमाई खापाआमा ८० लाख ४८ हजार ३१३, पञ्चकन्या लक्ष्मीपुर खापाआमा ३५ लाख ९९ हजार ७०८ रुपैयाँ, कन्याम खापाआमा ५९ लाख ९९ हजार ५२६ रुपैयाँ, कागुने खापाआमा ५५ लाख ९९ हजार ९९३ रुपैयाँ, माईपोखरी खापाआमा ३५ लाख ९८ हजार ९७७ रुपैयाँ र शान्तिपुर नेहित खापाआमा ३५ लाख ९९ हजार ९६८ रुपैयाँ खर्च भएको छ ।
यता फिक्कल गोर्खे खापाआमा ५५ लाख ९९ हजार ८७२ रुपैयाँ, शान्तिपुर ४ माथिल्लो तुङ्गने खापाआमा २८ लाख ३९ हजार ८९ रुपैयाँ, टिमाई खोला छावाखोल्सी खापाआमा ३० लाख ३८ हजार ६२ रुपैयाँ, पूmएतप्पा मेन लाइन खापाआमा १३ लाख ९९ हजार ९२७ रुपैयाँ, लक्ष्मीपुर दानाबारी खापाआमा १८ लाख ९९ हजार ८४८ रुपैयाँ र चमैता तेस्रो खापाआमा २१ लाख ९५ हजार १७० रुपैयाँ खर्च भएको छ । गत आवमै माईमझुवा खापाआमा १८ लाख ३९ हजार ६६९ रुपैयाँ, कुम्भिटार खापाआमा ३२ लाख ९८ हजार ७६५ रुपैयाँ, मङ्गलबारे झुत्रेखोला खापाआमा २८ लाख ३८ हजार ७५९ रुपैयाँ, गोदक खापाआमा ५१ लाख ९८ हजार ५२० रुपैयाँ र झुत्रेखोला खापाआमा २४ लाख रुपैयाँ खर्च गरिएको छ ।
उता कन्याम पञ्चकन्या लक्ष्मीपुर बृहत खापाआमा ५१ लाख ९९ हजार ९४४ रुपैयाँ, माबुथाम खापाआमा २८ लाख ९८ हजार ५८५ रुपैयाँ, चिसापानी ७ हाडेडाँडा खापाआमा २९ लाख ९४ हजार ४३९ रुपैयाँ, कुवापानी इरौँटार खापाआमा १६ लाख ९९ हजार ५७१ रुपैयाँ, बाँझो ८ र ९ खापाआमा २१ लाख ९९ हजार ५५४ रुपैयाँ, एकतप्पा खापाआमा २३ लाख ३९ हजार ७८३ रुपैयाँ, खोलागाउँ खापाआमा ४९ लाख ९७ हजार ३५३ रुपैयाँ खर्च भएको छ । दानाबारी १, ३, ७ खापाआमा २७ लाख ५९ हजार ५२२ रुपैयाँ, सिद्धिथुम्का दानाबारी खापाआमा २० लाख ५९ हजार ११ रुपैयाँ, जितपुरे नवमी खापाआमा १९ लाख ४९ हजार ८६८ रुपैयाँ, महमाई तेस्रो खापाआमा ११ लाख ९९ हजार ५०८ रुपैयाँ, समाल्बुङ खापाआमा ३५ लाख ५९ हजार २४५ रुपैयाँ, एकतप्पा ९ खापाआमा १९ लाख ९९ हजार ९९६ रुपैयाँ, हर्कटे कोल्बुङ खापाआमा १६ लाख ९३ हजार ३७४ रुपैयाँ र पशुपतिनगर दोस्रो खापाआमा १० लाख ४८ हजार ६३४ रुपैयाँ खर्च भएको छ ।
त्यसैगरि थरेगाउँ खापाआमा दुई लाख ९९ हजार ७६५ रुपैयाँ, सम्पन्न खापा मर्मत सम्भारका लागि ३२ लाख रुपैयाँ, गजुरमुखी खापाआमा १९ लाख ४९ हजार २१ रुपैयाँ, दानाबारी १, ३, ७ पम्पीङ खापाआमा १३ लाख ४७ हजार ४८१ रुपैयाँ, दानाबारी १ गरुवा बोरिङ खापाआमा तीन लाख ४८ हजार ६२९ रुपैयाँ खर्च भएको छ । इङला जमुना खापाआमा ५० लाख ९९ हजार ८९१ रुपैयाँ, दानाबारी ९ खापाआमा ४७ लाख ४८ हजार १९६ रुपैयाँ र माङमालुङ बर्षातको पानी सङ्कलन आयोजनामा ४० लाख रुपैयाँ खर्च भएको कार्यालयका लेखा अधिकृत बिरेन्द्र बस्नेतले सन्दकपुर दैनिकलाई जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस