• मंगलबार ५-५-२०७५/Tuesday 08-21-2018
  • 11:04:52

रत्ननगरमा भएको दुर्घटनामा ताप्लेजुङका तारा बरालसहित चारको मृत्यु

सन्दकपुर संवाददाता
इलाम, २३ साउन :
गएराति भएको चितवनको रत्ननगर नगरपालिका १० स्थित भानुचोकमा भएको एउटा सवारी दुर्घटनामा परी ताप्लेजुङ खुम्लिङका ४२ वर्षीय तारा बरालको मृत्यु भएको छ । सो दुर्घटनामा उनीसहित चार जनाको मृत्यु भएको हो ।
तरा काठमाण्डौबाट काँकरभिट्टातर्पm आउँदै गरेको ना६ख १७४१ नम्बरको मकालु यातायातको बसमा यात्रारत थिए । उक्त बससँग पूर्वबाट नारायणगढतर्पm जाँदै गरेको ना५ख ५९४१ नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा परी बसका यात्रु १७ जना घाइते भएको प्रहरीले जनाएको छ ।
द्युर्घटनामा रौतहट चपुरका ट्रक चालक ३४ वर्षीय मोहन घिसिङ, सोही ठाउँका ट्रकका सहचालक ३० वर्षीय बुद्धिमान लामा र बसमा सवार काठमाण्डौ थानकोटका ४८ वर्षीय विष्णुप्रसाद थापाको पनि मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । 
इँटा बोकेर फर्किँदै गरेको ट्रक बससित ठोक्किएको थियो । मृतक चारैजनाको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये १३ जनाको पुरानो मेडिकल कलेजमा तथा चार जनाको चितवन मेडिकल कलेमा उपचार भइरहेको स्थानीय पत्रकारले जनाएका छन् ।

प्रतिकृया दिनुहोस