• मंगलबार ५-५-२०७५/Tuesday 08-21-2018
  • 11:04:57

लागूऔषध सहित २ जना पक्राउ 

सन्दकपुर संवाददाता
ताप्लेजुङ, २२ साउन :
ताप्लेजुङको फुङलिङ नगरपालिका ७ स्थित सल्लेरीडाँडाबाट हिजो सोमबार साँझ ६ बजे लागूऔषध ब्राउनसुगर र गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फुङलिङ नगरपालिका ४ बुद्दचौकका ३१ बर्षीय डायमण्ड कार्की र याङवरक गाउपालिका १ नाङखोल्याङका २६ बर्षीय करण गुरुङ रहेका छन । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले दुबै जनाको साथबाट लागूऔषध खैरो हिरोईन १ ग्राम र ४ ग्राम गाँजा बरामद् गरेको छ । दुबै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रतिकृया दिनुहोस