• मंगलबार ६-३०-२०७५/Tuesday 10-16-2018
  • 09:03:54

आज मेची राजमार्गमा बन्दको प्रभाव न्यून

सन्दकपुर संवाददाता
इलाम, २२ साउन :
लिम्बुवान खम्बुवानवादी दल तथा समूहहरुले आह्वान गरेको आज (मंगलबार)को बन्दमा मेची राजमार्गमा कम मात्र सवारीसाधन गुडिरहेका छन् । बन्दको हल्लाका कारण राजमार्गमा सार्वजनिक सवारी साधन थोरै मात्रामा मात्र सञ्चालनमा आएका हुन् ।
सार्वजनिक र निजी नम्बर प्लेट भएका जिप कार, भेन जस्ता हलुका सवारीसाधन मात्र केही मात्रामा सञ्चालनमा आएका हुन् । बस, ट्रक जस्ता ठूला तथा मझौला यात्रुबाहक र ढुवानी सेवा मेची राजमार्गमा आज चलेको देखिएको छैन । बन्दकर्ताहरुको चहल पहल पनि राजमार्गमा देखिँदैन । राजमार्गमा मोटरसाइकल भने निर्बाध ढङ्गले गुडिरहेका देखिन्छन् ।
आज राष्ट्रिय जनमुक्ति पाटी, संघीय लिम्बुवान पाटीं नेपाल, लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टी र कोचिया एकता मोर्चाले पूर्वका ११ जिल्लामा बन्दको आह्वान गरेका छन् । उनीहरुले एउटा अपिल निकालेर संविधानले जातीय राज्यको इतिहास मेटेको आरोप लगाउँदै हरेक साउन २२ गते बन्द गरिँदै आएको हुँदा यसपटक पनि बन्द गर्ने जनाएका छन् । 
बन्दका बेला राजमार्ग किनारामा रहेका पसलहरु प्नि बन्दप्राय नै देखिएका छन् । राजमार्ग आसपासमा केही यात्रुहरु भने गाडि पाइने आशामा पर्खेर बसेका छन् ।

प्रतिकृया दिनुहोस