• शुक्रबार ८-२८-२०७५/Friday 12-14-2018
  • 09:19:18

बाटो बनाउनु त कता हो कता, गाडि नचलाउन चाहिँ उर्दी

सन्दकपुर संवाददाता
इलाम, २२ साउन :
बाटो बनाएर गाउँमा सुविधा थप्नुपर्ने गाउँपालिकाका वडा कार्यालयहरु बनाउन छाडेर ती बाटोहरुमा गाडि नै नकुदाउन उर्दी गर्न थालेका छन् । बर्षाद्मा गाडि कुदाउँदा बाटो झन् बिग्रिने जनाउँदै त्यहाँ गाडि कुदाए कारबाही गरिने सूचना माई जोगमाई गाउँपालिकाको एउटा वडाले हिजो सोमबार जारी गरेको छ ।
माईजोगमाई ४ का वडाध्यक्ष गणेशकुमार राईले एक सूचना निकालेर उक्त वडाका मुख्य मुख्य सडकमा डेढ महिना गाडि नकुदाउन भनेका हुन् । इलाम नगरपालिकाबाट बज्रदेवी हात्तीटार हुँदै चार बर पिपल पुग्ने बाटो र हात्तीटारबाट घुमाउने टार हुँदै माङ्चोक जाने बाटोमा गाडि नकुदाउन भनिएको हो ।
वडाध्यक्ष राईले निकालेको सूचनामा भनिएको छ– बर्षाद्को पानीको कारण बाटो जिर्ण भएको र उक्त सडकहरुमा ठूला गाडि तथा ट्याक्टर सञ्चालन गर्दा बाटो बिग्रन गई यातायात नै अवरुद्ध हुने अवस्था भएको हुँदा भदौ ३० गतेसम्मको लागि ठूला गाडि तथा ट्याक्टर सञ्चालनमा रोक लगाइएको ब्यहोरा सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । 
सूचनालाई अवज्ञा गरी ठूला गाडि तथा ट्याक्टर सञ्चालन गरे नियमानुसार कारबाही गरिने पनि सूचनामा जनाइएको छ । मेची राजमार्गको बिकल्पको रुपमा सञ्चालन गर्न सकिने भन्दै सिल्पुर र राजदुवाली क्षेत्रमा राजमार्ग बिग्रिँदा नामसालिङका बासिन्दा त्यही बाटोलाई मेची राजमार्ग बनाउनु पर्ने माग गर्ने गर्छन् । तर राजमार्गको बिकल्पको बाटोमा नै बषौद्को बेला गाडि नकुदाउन गाउँपालिकाले उर्दी गर्ने गर्छ ।

प्रतिकृया दिनुहोस