• मंगलबार ५-५-२०७५/Tuesday 08-21-2018
  • 11:04:24

इलाम नगरपालिकामा चालु आवका सडकलाई १२ करोड

रोहितचन्द्र भट्टराई
इलाम, २१ साउन
: इलाम नगरपालिकाले चालु आर्थिक वर्षमा नगरभरि निर्माण र स्तरोन्नति गर्ने सडकका लागि ११ करोड ९८ लाख ३६ हजार ६८१ रुपैयाँ बिनियोजन गरेको छ । नगरपालिकाको असार ७ देखि ११ गतेसम्म सञ्चालन भएको तेस्रो नगरसभाद्वारा पारित आव २०७५÷०७६ को वार्षिक बजेट तथा कार्यक्रममा उक्त बजेट बिनियोजन गरिएको हो ।
चालु आर्थिक वर्षमा सम्पन्न गरिने सडकका ११७ वटा योजनाहरूका लागि नगरपालिकाले उक्त बजेट छुट्याएको हो । ती योजनाहरूमा नेपाल सरकार (संघीय सरकार) र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानको रकम आठ करोड ६९ लाख रुपैयाँ, सडक बोर्ड नेपालको अनुदान ७० लाख रुपैयाँ र ऋण विशेष तथा समपुरक अनुदानबाट एक करोड १० लाख रुपैयाँ खर्च गरिने स्वीकृत बजेट तथा कार्यक्रममा उल्लेख गरिएको छ । ती योजनाहरूमा उपभोक्ता समितिबाट नगद लागत सहभागिता र निजी साझेदारीको रुपमा एक करोड ४९ लाख ३६ हजार ६८१ रुपैयाँ बराबरको सहभागिता रहने पनि बजेटमा जनाइएको छ ।

साँखेजुङमा ४० लाख
सडकमा छुट्याइएको बजेटबाट वडा नम्बर १ (साविक साँखेजुङ गाविस)मा प्रतियोजना पाँच लाख खर्च हुने आठवटा योजना रहेका छन् । त्यहाँ बञ्चरे डाँडागाउँ सडक, झुत्रे खोला कृषि फर्म सिटिभिटी सडक, नर्सरी गोलाई शहिद बम वान्तवा सडक, डाँडागाउँ झुत्रेखोला मोटरबाटो, स्यालेडाँडा दिलपाली गाउँ खत्री गोलाई सेतीधारा सडक, धर्मशाला विद्यालय चियाबारी पटपटे तल्लो गुरुङगाउँ सडक, गैरी झुत्रेखोला गैरी चाम्लिङ गाउँ बर्षेडाँडा सडक र कार्किगाउँ चाम्लिङ गाउँ नेपालटार सराइली गाउँ झुत्रे खोला सडकमा पाँचपाँच लाख छुट्याइएको हो ।
सुम्बेकमा ४५ लाख
वडा नम्बर २ (साविक सुम्बेक गाविस)मा आठवटा सडकका योजनामा एक करोड ४५ लाख रुपैयाँ छुट्याइएको छ । वडा नम्बर ५ को बरबोटेसमेत छुने रिब्स स्कुल सुम्बेक सडक निर्माणका लागि एक करोड रुपैयाँ छुट्याइएको छ भने प्रतिमान डाँडा हेल्थपोष्ट सानीमाई खोला मोटरबाटोमा १० लाख र मन्दिर चोक भाँडीखोला ढुङ्गाना सीमा मोटरबाटोमा आठ लाख रुपैयाँ बिनियोजन गरिएको छ । त्यस्तै योञ्जनडाँडा दियालीगाउँ थरीगाउँ मोटरबाटोमा सात लाख रुपैयाँ छ । छाँगेखोला राई गाउँ पसले गैरी मोटरबाटो, दियालीगाउँ बुथुरेबास ठूटेबर मोटरबाटो, माझघर जिरो किमी तारा निरौलाको घर बिक्री भिर मोटरबाटो र जानकी मन्दिर सुम्बेक सडक खानीमार्गका लागि पाँच पाँच लाख रुपैयाँको दरले रकम रहेको छ ।
पुवामझुवामा ८५ लाख
वडा नम्बर ३ (साविक पुवामझुवा गाविस)मा सात वटा योजनामा ८५ लाख रुपैयाँ बिनियोजन गरिएको छ । साँखेजुङको मिलगोलाईदेखि विणापाणी मावि सडकका लागि ५० लाख र बाघखोर चैती सडकलाई १० लाख छुट्याइएको छ । त्यस्तै बाघखोर डाँडे जल्केनी सडक, गुम्बाडाँडा मोटरबाटो, बाघखोर शिवालय मन्दिर जल्केनी मोटरबाटो, झर्ना चैती काफ्ले मोटरबाटो र जौबारी अधेरे मोटरबाटोका लागि पाँच पाँच लाख रुपैयाँको दरले बजेट राखिएको छ ।
माईपोखरीमा ६५ लाख
वडा नम्बर ४ (साविक माईपोखरी गाविस र बरबोटे गाविसका केही भाग)मा १२ वटा सडक योजनाका लागि ६५ लाख रुपैयाँ खर्च गरिने भएको छ । त्यहाँको धारापानी देवकोटा आधारभूत विद्यालय सडकमा १० लाख रुपैयाँ बिनियोजन गरिएको छ भने अरु ११ वटा योजनामा पाँच लाख रुपैयाँको दरले रकम छ । त्यहाँ चालु आवमा घलेटारदेखि सानीटारसम्म मोटरबाटो, शिवमन्दिरबाट जलारी गाउँ पुवाखोला मोटरबाटो, मेलडाँडाबाट चारखाँदे कार्कीगाउँ इनपा ५ को सिमाना मोटरबाटो, मेची लोकमार्ग दुलालबेँसी मोटरबाटो, पुवाखोलामा कल्भर्ट निर्माण, माक्रेहाङ गाउँ कोठीडाँडा सडक, मेची राजमार्ग सिम्ले रुक्मिणी आधारभूत विद्यालयसम्मको सडक, वडा कार्यालय भवन पहुँच मार्ग, ट्रिटमेण्ट प्लाण्ट छेउ कार्की गाउँ सडक, नास्पाति गोलाई ओडारे निभाघारी हुँदै सन्दकपुर सिमाना मोटरबाटो, पुवाखोला बजारमा नाली सोलिङ र ग्राभेल योजना रहेका छन् ।
बरबोटेमा ६१ लाख
वडा नम्बर ५ (साविक बरबोटे गाविस)मा नौ वटा सडकका योजना रहेका छन् । ती योजनाहरूलाई ६१ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । चुरेघाँटी तोरीबारी सडकमा १५ लाख, बिब्ल्याँटे रुलुक सडकमा १० लाख र चिसे डाँडागाउँ गुरुकुल पुवाखोला पावरहाउस मोटरबाटोमा छ लाख रुपैयाँ छुट्याइएको छ । देवीथान मेहेलबोटे भोर्लेनी पेट्रोलपम्प रिङरोड, मान्द्रेनी दार्मेडाँडा सडक, बिब्ल्याँटे बजार ब्यवस्थापन तथा बजार क्षेत्रमा फुटपाथ र सार्वजनिक शौचालय जाने बाटो, धारापानी गल्छिडो हुँदै बागदले घाट जाने बाटो, रेडक्रस भवनबाट पुरानो मिल हुँदै आरुबोटे माईखोलासम्म जाने बाटो र जानकी मन्दिर सुम्बेक खानीमार्ग सडकमा पाँच पाँच लाख रुपैयाँ खर्चिने गरि बजेट बिनियोजन भएको छ ।
पिपलबोटे र बालन गाउँमा एक करोडबढी
वडा नम्बर ६ (साविक इनपा ८ र ९)मा १३ वटा एक करोड २५ लाख रकम बराबरका सडकका योजना रहेका छन् । तीमध्ये नौ वटा योजनामा पाँचपाँच लाख रुपैयाँ छुट्याइएको छ भने ओपीधारा दृपादेवी सडक कालोपत्रेमा ५० लाख तथा गडीथुम्का ब्यारेकभित्र सडक कालोपत्रे, कृषि सामग्री संस्थानदेखि पानीटंकीसम्मको सडक र सेतीदेवी मार्गमा प्रतियोजना १० लाख रुपैयाँको दरले बिनियोजन गरिएको छ । सिङफ्रिङ मार्से देउराली घोष जाने बाटो, गुम्बाडाँडा मेची राजमार्गबाट देवकोटा स्कुल कृषिमार्ग, चुरेघाँटी भालुढुङ्गा बाटो, बालनगाउँ ताक्तेन टहरो सेतीदेवी हावा खाने बरबाटो, मेची राजमार्ग घिसिङ खोल्सी हुँदै घोष जाने बाटो, मेची राजमार्ग खानेपानी अफिस छेउबाट लोकसेवा आयोग बाटो, बाह«बस्ती कालीबुढी खोल्सी बालनगाउँ बाटो, चुरेघाँटी फनपार्क बाटो र वीपीमार्ग स्तरोन्नतिमा पाँच लाख रुपैयाँको दरले छुट्याइएको छ ।
इलाम बजारलाई दुई करोड
वडा नम्बर ७ (साविक इनपा १ र २)मा चालु आर्थिक वर्षमा सम्पन्न गर्ने १३ वटा सडकसम्बन्धी योजना छन् । ती योजनाहरूका लागि दुई करोड तीन लाख रकम छुट्याइएको छ । बजार क्षेत्रका सडक मर्मतसम्भारमा सडक बोर्ड नेपालको ७० लाख सहित एक करोड रुपैयाँ र मेची राजमार्गदेखि ओमशान्तिसम्मको सडक स्तरोन्नतिमा १५ लाख रुपैयाँ छुट्याइएको छ । त्यस्तै अवाले गोलाई गरिमाटोल सडक, चोकबजार मिलन केन्द्र बाटो, प्रकाशपथ जिप्रका बाटो, नेबैलि अगाडि पर्खाल, ताराकुटी फलगाछी पुरानो थेवेचोकसम्म नाली र हर्टीकल्चर सडक र ओमशान्ति भवन मुनी सडक कार्यालय मेची राजमार्गसम्म सडकमा दश लाख रुपैयाँको दरले छुट्याइएको छ । सूर्योदय टोल, उषा चोक, पिपल रुख अवाले गोलाई बाटोमा आठ लाख तथा नेबैलि बालमन्दिर बाटो, नेबैली शंकरीदेवी बाटो नाली सिँडी, साकेला थान भोटे डाँडा शनिश्चरे डाँडा बाटो र मण्टेश्वरी रेडक्रस ओपीधारा पैदल मार्गमा पाँच लाख रुपैयाँको दरले छुट्याइएको छ ।
तिल्केनी र सिङ्फ्रिङमा एक करोड १० लाख
वडा नम्बर ८ (साविक इनपा ६ र ७)मा १३ वटा योजनामा एक करोड १० लाख रुपैयाँ छुट्याइएको छ । त्यहाँ नयाँ बसपार्क ऐठनधारा बज्रदेवी सडकमा ४० लाख तथा बेनी नगर ऐठनधारा सडक र ठुटेबर टारगाउँ बिसहाते सडकमा १०÷१० लाख रहेको छ । जनकल्याण स्कुल टारगाउँ राते सडक, बौद्धपार्क महतगाउँ बाटो, सोती टारगाउँ बासगाउँ बसपार्क सडक, बेनी नगर बाईपास कृषि बजार जोड्ने बाटो, विद्या आवि मसार बौद्धपार्क सडक, जनकल्याण स्कुल सिर्जना बाल विकास केन्द्र टारगाउँ बेलडाँडा मलामी टहरो सडक, मार्से खुलाल गाउँ गोलाई सडक, टंक गोलाई गरिमा टोल हुँद जाने सडक, ठुटेबर बाईपास रोड अठारे माइखोला सडक र वडा कार्यालय जाने सडकमा पाँच पाँच लाख रुपैयाँको दरले रकम राखिएको छ ।
गोलबस्ती भञ्ज्याङ क्षेत्रमा ६७ लाख
वडा नम्बर ९ (साविक इनपा ३, ४ र ५)मा ६७ लाख रुपैयाँ बराबरका ११ वटा सडकका योजनाहरू रहेका छन् । त्यहाँ रत्नचोक साजबोटे इन्टेक सडकमा १५ लाख, काप्mले कुवा सिंहबाहिनी सडकमा सात लाख छुट्याइएको छ । त्यस्तै सिंहबाहिनी नयाँ बसपार्क सेरा बाटो, भगवती स्कुल मेची राजमार्ग बग्रे बाटो, हेड्ट्याङ्क कात्तिकेबेँसी राजदुवाली सडक, नवप्रगति टोल खड्गीगाउँ रत्न समाधिस्थल सडक, लाबरको बोट थिङगाउँ खाल्डे सडक, कालिका मन्दिर भञ्ज्याङ सडक, लाबरबोटबाट ढलसहित जोरधारा सडक, सिंहबाहिनीदेखि राजमार्ग बाटो र खड्गीगाउँ टुँडीखेल गोलाखर्क सडकको बरको रुखबाट साजबोटे सडक योजनामा पाँच पाँच लाख रुपैयाँको दरले रकम रहेको छ ।
गोदकमा ४० लाख
वडा नम्बर १० (साविक गोदक गाविस)मा छ वटा योजनाहरू रहेका छन् । तेर्से गाउँ वडा कार्यालय सडकमा १५ लाख तथा सिमल गोलाई काइलाटार सडक, कम्नी गोलाई मालबाँसे लक्ष्मीपुर सडक, बोरुङे गोलाइ सिस्ने वडा नंबर ७ जोड्ने सडक, जौबारी सडक पर्खाल र महमाया स्कुल सेतुवा सडकमा पाँच पाँच लाख रुपैयाँ गरि ४० लाख रुपैयाँ बिनियोजन गरिएको छ ।
सोयाकमा ७५ लाख
वडा नम्बर ११ (साविक सोयाक गाविस)मा ११ वटा योजना रहेका छन् । ती योजनामा ७५ लाख रुपैयाँ रहेको छ । योञ्जन गोलाई धौराली चिया बगान सडक, बेलासे निर्फोक सडक, राकसे निन्दाखु चौक सडक र वडा कार्यालय भवन प्रगति चोक सडकका लागि १० लाख रुपैयाँको दरले छुट्याइएको छ । त्यस्तै प्रगति चो्क फुरक्यौली गाउँ सडक, निर्फुक तापागाउँ सडक, जुके याङनाम सडक, कोप्चे याङनाम सडक, चालिसे गोलाई खड्गमान चोक सडक, बरडाँडा सिम्लेबेँसी सडक, नवमीडाँडा बालिकन्या मन्दिर सडकमा पाँच पाँच लाख रुपैयाँ बजेट रहेको छ ।
साङ्रुम्बालाई ४१ लाख
वडा नम्बर १२ (साविक साङ्रुमबा गाविस)मा छ वटा योजनाका लागि जम्मा ४१ लाख रुपैयाँ बिनियोजन गरिएको छ । त्यहाँ इन्टेक लामागाउँ सडक र सटके मसार दोकान टोल सडकमा दश दश लाख रुपैयाँ छ भने लिम्बुनी कुवा पिप्ली भञ्ज्याङ अमरज्योति गैरीगाउँ सडकमा छ लाख रुपैयाँ छ । त्यस्तै सोमेखोला रमिते सटके सडक, इन्टेक सडकदेखि देउराली चियाबगान सडक, साँगुरी खर्बन खड्का गोलाइ सडकमा पाँच पाँच लाख रुपैयाँ छुट्याइएको छ ।

प्रतिकृया दिनुहोस