• बुधबार ६-३१-२०७५/Wednesday 10-17-2018
  • 03:28:04

माई नपाको वडा नम्बर ९ मा कफि तथा फलफूल उत्पादक सहकारी खुल्यो

सुष्मा राई
दानबारी, २१ साउन :
इलामको माई नगरपालिका वडा नम्बर ९ मा कफि तथा फलपूmल उत्पादक सहकारी संस्था स्थापना भएको छ । सो वडाका वडाध्यक्ष लिलाकुमार राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय ईश्वर प्रसाद राईको अध्यक्षतामा सहकारीको ११ सदस्यीय सञ्चालक समिति पनि गठन गरिएको छ ।
माई नगरपालिकाको वडा नम्बर ५ (सालिक लक्ष्मीपुर गाविस ५ र दानाबारी गाविसको केही भाग), ९ (साविक चिसापानी गाविसको केही भाग) र १० (साविक चिसापानी गाविसको केही भाग)को भूभाग कफि उत्पादनका लागि राम्रो भएको र त्यहाँ धेरै कफि उत्पादन हुने गरेकाले त्यहाँका स्थानीय बासिन्दाले सहकारी खोलेका हुन् । लक्ष्मीपुर र चिसापानीको हावापानी कफि उत्पादनका लागि उचित भएको स्थानीयको बुझाई छ ।
त्यहाँ कफि उत्पादनका लागि बीऊ, उत्पादन प्रविधि, मलखाद तथा बजारीकरणमा कृषकलाई सहयोग गर्न र यसमा चेतना अभिबृद्धि गर्दै कफिको प्रबद्र्धन गर्न सहकारी खोलिएको अध्यक्ष ईश्वरले बताएका छन् । ईश्वर नेतृत्वको सञ्चालक समितिको उपाध्यक्षमा पवन किराती, सचिवमा अनिल कुमार तामाङ, सहसचिवमा जितबहादुर लावती र कोषाध्यक्षमा लुमाना खड्का रहेका छन् ।
विश्वमा कफि निर्यातका लागि नेपालले तेस्रो स्थान ओगटेको छ । नेपालले वार्षिक छ मेट्रिक टन कफि निर्यात गर्दछ जबकी विश्व बजारमा ८६ हजार मेट्रिक टन माग छ ।

प्रतिकृया दिनुहोस