• मंगलबार ६-३०-२०७५/Tuesday 10-16-2018
  • 08:30:11

दानाबारी डोजोमा स्तरोन्नति कार्यक्रम

जुनियर ग्रेडिङ प्रमाणपत्र वितरणपश्चात सामुहिक तस्विर खिचाउँदै ।

सुष्मा राई
दानाबारी, २१ साउन :
दक्षिणी इलामको माई नगरपालिकामा स्थानीय खेलकुद विकास समितिको समन्वय तथा सितोरियो कराते संघअन्तर्गतको दानाबारी डोजोको आयोजनामा खेलाडीहरुको स्तरोन्नति कार्यक्रम शनिबार अस्ति सम्पन्न भएको छ । दानाबारी डोजोका प्रशिक्षक सबिन मगरको अध्यक्षता, सितोरिया कराते सघ इलामका अध्यक्ष तथा इलामका प्रमुख प्रशिक्षक योगेश चाम्लिङको प्रमुख आतिथ्यता, माई नगर खेलकुद परिषद्का अध्यक्ष अनिल कुमार तामाङको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रममा जुनियर तहका खेलाडीलाई तालिमसहित ग्रेडिङ गरिएको थियो । त्यस्ता २६ जना खेलाडीलाई जुनियर ग्रेडिङ प्रमाणपत्र समेत उपलब्ध गराइएको थियो । कार्यक्रममा उपस्थित वक्ता तथा अतिथिले खेललाई प्राथमिकता दिइने, कराते खेलका लागि आवश्यक खेल सामग्री उपलब्ध गराइने र माई नगर खेलकुद परिषद्बाट सम्पूर्ण खेललाई बजेट बिनियोजन हुने बताएका थिए ।
कार्यक्रममा हाल दुबइका प्रशिक्षक साथै राष्ट्रिय तथा अन्तराष्ट निर्णायक सुस्मिता निरौला, माई नगर खेलकुद परिषद्का सचिब याम लिम्बू, रेडक्रस सोसाइटी दानाबारी शाखाका सभापति मित्रप्रसाद गौतम, माई नगर युवा सघका सचिब दिपक निरौला, माई नगर खेलकुद परिषद्का सदस्य सन्तोष लावतिको समेत सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस