• मंगलबार ६-३०-२०७५/Tuesday 10-16-2018
  • 08:30:13

सूर्योदय नपाको ‘एक वडा एक बाह«मासे सडक’मा साढे छ करोड

रोहितचन्द्र भट्टराई
इलाम, २० साउन :
सूर्योदय नगरपालिकाले चालु आर्थिक वर्षमा सबै वडामा एकएकवटा बाह«मासे सडक बनाउने भएको छ । नगरपालिकाले त्यसका लागि चालु आवमा छ करोड ५० लाख रुपैयाँ बिनियोजन गरेको छ ।
नगरपालिकालले ‘बाह«ैमास यातायात सञ्चालनको अवस्था, नगरबासीको दिनचर्यामा सहजता’ भन्ने नारा नै राखेर तयार गरेको चालु आवको सडक तथा यातायात नीतिमा नै यो कार्यलाई प्राथमिकतामा राखेको छ । विकासको मेरुदण्डको रुपमा मानिने सडक निर्माणमा ‘एक वडा एक बाह«मासे सडक अर्थात अल वेदर रोड’ निर्माण गर्ने नीति अवलम्बन गरिनेछ भनेर सडक तथा यातायात नीतिको एक नम्बर बुँदामा उल्लेख गरिएको छ ।
नगरपालिकाले सबै वडामा बनाउने एकएक वटा बाह«मासे सडकका लागि वडा नम्बर १, २, ४, ५, ९, १० र १४ मा ५० लाख रुपैयाँका दरले बजेट बिनियोजन गरिएको छ । त्यसैगरि वडा नम्बर ३, ८, ११ र १२ मा ४५ लाख रुपैयाँका दरले र वडा नम्बर ६, ७ र १३ मा ४० लाख रुपैयाँका दरले बजेट बिनियोजन गरिएको छ ।
वडा नम्बर १ साविक गोर्खे गाविसमा ऋषीमोड –गोर्खे– मङ्गलबारे– मानेभञ्ज्याङ सडकलाई बाह«मासे बनाउन लागिएको हो । उक्त सडकका लागि ५० लाख छुट्याइएको छ । यो सडक पशुपतिनगर बजार चल्तीमा नआउँदा बढी प्रयोग भएको सडक हो । पशुपतिनगरबाट यातायात नचल्दा इलामका अधिकाँश गाउँमा मानेभञ्ज्याङबाट ल्याइने भारतीय बजारको सामग्री यसै बाटो हुँदै भित्र्याइन्थ्यो । त्यतिबेला नै मानेभञ्ज्याङदेखि गोर्खेसम्म गाडि पनि चल्ने गथ्र्यो भने अधिक मात्रामा घोडाबाट सामान भित्र्याइने गरिन्थ्यो ।
वडा नम्बर २ साविक पशुपतिनगर गाविसभित्र पर्ने इलाका प्रहरी कार्यालयदेखि देउराली जोड्ने बाटोलाई पनि बाह«मासे बनाउनका लागि ५० लाख रुपैयाँ छुट्याइएको छ । यो सडकले मानेभञ्ज्याङ र पशुपतिनगरलाई नजिक्याउने देखिएको छ । अहिले पशुपतिनगरबाट मानेभञ्ज्याङ पुग्न फाटकबाट भारत छिरेर दार्जिलिङ नजिकको गुम हुँदै भारतकै बाटोबाट मात्र गाडिमा पुग्न सकिन्छ । बाटो बाह«ैमास चल्न थालेपछि मानेभञ्ज्याङमात्र होइन त्यहाँबाट सन्दकपुरसम्म पुग्नका लागि दार्जिलिङ पुगिरहनु पर्नेछैन ।
वडा नम्बर ३ को साविक पशुपतिनगर गाविसमै पर्ने रुङसुङ चोकदेखि मेहेलबोटे हुँदै मङ्गगलदास मन्दिरबाट गोर्खे पुग्ने सडकलाई पनि बाह«मासे बनाउन ४५ लाख रुपैयाँ बिनियोजन गरिएको छ । यो बाटोले गोर्खेबजार र पशुपतिनगर बजारलाई जोड्छ । वडा नम्बर ४ अर्थात साविक श्रीअन्तु गाविसमा अन्तु चक्रपथ निर्माण गरिने भएको छ । बरालभञ्ज्याङदेखि गणेशहिमालय हुँदै बन्ने चक्रपथलाई पनि बाह«मासे बनाउन ५० लाख रुपैयाँ छुट्याइएको छ । यो बाटोले पर्यटकीय विकास र स्थानीय उत्पादनलाई बजारसम्म लान सहयोग पु¥याउने देखिन्छ ।
वडा नम्बर ५ (साविक समाल्बुङ गाविस)मा शान्तिबजारको समालबुङ माविबाट सुब्बाटोल हुँदै लम्बागौँडासम्मको मोटरबाटोलाई बाह«मासे बनाउन ५० लाख बिनियोजन गरिएको छ । यो बाटोले समाल्बुङको अति दुर्गम क्षेत्रलाई समेट्छ भने त्यहाँबाट भारतको मिरिक, नेपालकै झापातर्पm पुग्न पनि सहज हुन्छ ।
वडा नम्बर ६ (साविक कन्याम गाविस)मा सुकेपोखरी, ग्यापाचोक, वडाकार्यालय हुँदै तारगाउँ महेन्द्रबेँसीसम्मको मोटरबाटोलाई बाह«मासे बनाउन ४० लाख रुपैयाँ छुट्याइएको छ । यो बाटोले सो वडाका बासिन्दालाई मेची राजमार्गमा पर्ने हर्कटे बजारसम्म नगदेबाली ओसारपसारका लागि प्रमुख सहयोग पु¥याउँछ । वडा नम्बर ७ को पालटाँगे कालोपत्रे सडकबाट भाग्योदय राई टोल हुँदै बिरिङ खोला जोड्ने बाटोलाई बाह«मासे बनाउने योजना नगरपालिकाको छ । स्थानीय बासिन्दाको उत्पादनलाई बजारसम्म पु¥याउन सहज हुने यो सडक निर्माणका लागि पनि ४० लाख रुपैयाँ नै बिनियोजन गरिएको छ । 
वडा नम्बर ८ को कजेनी–मालुम वडा कार्यालय, डब्बुगाउँ हुँदै वडा नम्बर ६ जोड्ने बाटोलाई बाह«मासे बनाउन ४५ लाख रुपैयाँ छुट्याइएको छ । यता वडा नम्बर ९ को बरबोटे गैरीगाउँ हुँदै कजेनीसम्मको सडकलाई पनि बाह«मासे बनाउन ५० लाख रुपैयाँ बिनियोजन गरिएको छ । यी दुबै सडकले तरकारी तथा अन्य नगदेबाली जस्ता स्थानीय उत्पादन फिक्कल बजारसम्म ल्याउन नगरबासीलाई सहज हुनेछ ।
वडा नम्बर १० मा फिक्कल गुम्बापथबाट शहिदचोक– आरुबोटे हुँदै जोगमाई खोलासम्मको बाटोलाई ५० लाख खर्चिएर बाह«मासे बनाउने योजना नगरपालिकाको चालु आवको बजेटमा उल्लेख गरिएको छ । यो बाटोले सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारलाई माई जोगमाई गाउँपालिकाको वडा नम्बर २ (साविक नयाँबजार गाविस) र माईजोगमाई कै वडा नम्बर ३ (साविक नामसालिङ गाविस)लाई जोड्छ । नयाँबजारको प्रेमुजुङ र नामसालिङबाट फिक्कलसम्म यही बाटो भएर यातायात सञ्चालन हुने गरेको छ ।
वडा नम्बर ११ (साविक पञ्चकन्या गाविस)मा बाह«मासे सडकका लागि नयाँचोक– केराबारी –माघे सुन्तले भित्री हुँदै इलाम नगरपालिकाको वडा नम्बर १० (साविक गोदक गाविस) जोड्ने बाटो छनौट भएको छ । यो सडकका लागि ४५ लाख छुट्याइएको छ । वडा नम्बर १२ (साविक पञ्चकन्या नै)मा याङखोला –पीङडाँडा –घुमाउने मलिम सेतीदेवी टोल– परिवर्तन टोल हुँदै चुच्चुढुङ्गा –तीनघरेसम्मको सडकलाई ४५ लाख रुपैयाँ खर्च गर्नेगरि बाह«मासे सडक बनाउने तयारी गरिएको छ । 
यस्तै साविकको लक्ष्मीपुर गाविसमा पर्ने वडा नम्बर १३ मा पोखरीदेखि डाँक्टरगाउँ –कोल्बोटे, पिपलडाँडा हुँदै रोङ गाउँपालिकाको वडा नम्बर १ (साविक शान्तिपुर गाविस) जोड्ने सडक निर्माण तथा स्तरोन्नति गरेर बाह«मासे बनाउन लागिएको छ । यो सडकलाई चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ खर्चिएर बनाउन लागिएको हो । साविक लक्ष्मीपुर गाविसमै पर्ने वडा नम्बर १४ मा चाहिँ बतासे भञ्ज्याङदेखि हेल्थपोष्ट हुँदै जिमीखाँद भुतेनी हुँदै इलाम नपाको वडा नम्बर १० (साविक गोदक गाविस)को घट्टा बजार जोड्ने सडकलाई बाह«मासे बनाउन ५० लाख छुट्याइएको छ । यो सडकमा निर्माण तथा स्तरोन्नतिको काम गरिने भएको छ । यो सडकले लक्ष्मीपुरका बासिन्दालाई मेची राजमार्ग निस्किएर सदरमुकामसम्म आवतजावत गर्न सहज बनाउँछ ।

प्रतिकृया दिनुहोस