• मंगलबार ६-३०-२०७५/Tuesday 10-16-2018
  • 08:30:19

दुई किसानले गाईको बीमा रकम पाए

बीमा रकम हस्तान्तरण गर्दै प्रुडेन्सियल इन्स्यूरेन्स कम्पनीका इलाम शाखा प्रमुख महानन्द पराजुली ।

भगीरथ भण्डारी
इलाम, १८ साउन :
इलाम सदरमुकामस्थित इलाम दुग्ध सहकारी संस्थामा आबद्ध इलाम नगरपालिका १२ साङ्रुम्बाका दुईजना कृषकले गाईको बीमा रकम इन्स्यूरेनस कम्पनीबाट गएको हप्ता प्राप्त गरेका छन् । गतवर्ष बीमा गरेर पालेको गोठको गाई मरेपछि कम्पनीले उनीहरूलाई बीमा रकम उपलब्ध गराएको हो ।
साङ्रुम्बाका बेदप्रसाद सुबेदी र यामबहादुर पौडेललाई इलाममा शाखा रहेको प्रुडेन्सियल इन्स्यूरेन्स कम्पनीले बीमा रकम उपलब्ध गराएको हो । सो कम्पनीमा सुबेदी र पौडेलले आप्mना गाईको पशु बीमा गराएका थिए । सुबेदीले ४५ हजार र पौडेलले ३१ हजार पाँचसय रुपैयाँ बीमा रकम पाएका हुन् ।
कम्पनीले इलाम दुग्ध सहकारी संस्थामार्पmत ती कृषकलाई रकम उपलब्ध गराएको हो । बीमा गर्दा र्पाडेलले ३५ हजार रुपैयाँ बराबरको र सुबेदीले ४५ हजार रुपैयाँ बराबरको पशुधनको बीमा गराएका हुन् । उनीहरूलाई अहिले बीमित रकमको ८० प्रतिशतको हाराहारीमा उपलब्ध गराइएको कम्पनीको इलाम शाखा प्रमुख महानन्द पराजुलीले सन्दकपुर दैनिकलाई जानकारी दिएका छन् ।
ती किसानले ७५ प्रतिशत अनुदानमा पशु बीमा गराएका थिए । किसानले २५ प्रतिशत तिरेर बीमा गराएपछि कम्पनीलाई सरकारले ७५ प्रतिशत रकम उपलब्ध गराउने गरेको छ । वार्षिक २५ प्रतिशतमा बीमा गराउँदा सुबेदीले ६४५ रुपैयाँ र पौडेलले ४५७ रुपैयाँ कम्पनीलाई बुझाएका थिए । पहिलो वर्षमै उनीहरूको पशुधन मरेर कम्पनीमा बीमा रकम दाबी गरेपछि उनीहरूले प्राप्त गरेका हुन् ।
शाखा प्रमुख पराजुलीका अनुसार कृषकको बिमित पशुधन मरेको खण्डमा गाउँको साक्षी मुचुल्का, वडा कार्यालयको सिफारिस र जिल्ला पशु सेवा कार्यालयको सिफारिस कम्पनीलाई बुझाएपछि त्यसको चार हप्ताभित्रमा कम्पनीले बीमा रकम उपलब्ध गराउँदछ । प्रुडेन्सियलले यसअघि इलाम नगरपालिका २ सुम्बेकका कृषक लालविर राईलाईलाई पनि उनको बिमित पशुधन मरेपछि २७ हजार रुपैयाँ बीमा रकम उपलब्ध गराएको उनले बताए ।
प्रुडेन्सियलमा इलाम दुग्ध सहकारीका पाँच सय जना भन्दा बढी कृषकले आप्mनो पशु बीमा गराएका छन् । यो कम्पनीले इलाममा एक वर्षअघिमात्र शाखा बिस्तार गरेको हो ।

प्रतिकृया दिनुहोस