• मंगलबार ५-५-२०७५/Tuesday 08-21-2018
  • 11:04:39

सूर्योदय नगरपालिकाको नगर पत्रकारिता पुरस्कार तोयानाथ भट्टराइलाई

पत्रकार तोयानाथ भट्टराईलाई सूर्योदय नगरपालिकाको नगर पत्रकारिता पुरस्कार प्रदान गर्दै जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बराल

सन्दकपुर संवाददाता
इलाम, १५ साउन :
अन्नपूर्ण पोस्ट दैनिकमा कार्यरत इलामका पत्रकार तोयानाथ भट्टराईलाई सूर्याेदय नगरपालिकाले नगर पत्रकारिता पुरस्कार प्रदान गरेको छ । एक बर्षभरी उत्कृष्ट पत्रकारिता गर्ने एक जना पत्रकारलाई प्रदान गर्ने पुरस्कार यस पटक भट्टराईलाई प्रदान गरिएको हो । मङ्गलबार सम्पन्न नगरपालिकाको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिकीकरण कार्यक्रमका अवसरमा उक्त पुरस्कार प्रदान गरिएको हो ।
दुई दशकदेखि पत्रकारितामा कृयाशिल भट्टराई अन्नपूर्ण पोस्टसँगै एपिवान टेलिभिजन, अन्नपूर्ण अनलाईन र रेडियो अन्नपूर्णमा इलामबाट समाचार लेख्छन् । उनलाई कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालले पुरस्कार प्रदान गरेका हुन् ।
कार्यक्रममा विभिन्न २३ जनालाई पुरस्कार प्रदान गरिएको थियो । सो अवसरमा गायक गणेश रसिकसहित नगरपालिकाको वडा कार्यालय, स्वास्थ्य भवन लगायतलाई जग्गा प्रदान गर्ने दाताहरुलाई नगर प्रमुख रणवहादुर राईले सम्मान गरेका थिए । 
सो अवसरमा प्रमुख राईले पशुपतिनगरमा १२ करोडको लागतमा वसपार्क निर्माण गर्ने, ल्याण्डफिल्ड निर्माणको काम शुरु गर्ने, सहकारीमार्फत चिया कारखाना खोल्ने सहकारीको ब्याज वापतको रकम नगरपालिकाले ब्यहोर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेका थिए ।

प्रतिकृया दिनुहोस