• शुक्रबार ८-२८-२०७५/Friday 12-14-2018
  • 09:18:17

इलाममा नेपाली काङ्ग्रेसको बिरोध ¥याली र बिरोध सभा

सन्दकपुर संवाददाता
इलाम, १५ साउन :
नेपाली काङ्ग्रेसले इलाममा आज मङ्गलबार बिरोध ¥याली प्रदर्शन र बिरोध सभा सम्पन्न गरेको छ । मुलुकमा भएको मूल्यबृद्धि र सरकारद्वारा भएको कर बृद्धिको बिरोधस्वरुप काङ्ग्रेसले ¥याली र सभा गरेको जनाएको छ ।
बिरोध ¥याली र सभामा काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरु सहभागी थिए । उनीहरुले कालो ब्यानर बोकेर र टाँगेर ¥याली तथा सभा सम्पन्न गरेका हुन् । 
सदरमुकामको ठूलो टुँडिखेलदेखि इलाम चोक बजारसम्म बिरोध ¥याली निकालिएको थियो । ¥यालीमा जिल्लाका विभिन्न नगर र गाउँपालिकाबाट नेता तथा कार्यकर्ताहरु सहभागी भएका थिए । 
चोक बजारमा सम्पन्न सभाको सुरुवातमा चोकभरी कार्यकर्ताको भीड लागेको भएपनि सभा आधाउधी भएपछि चोकबजारको भीड पनि आधा भइसकेको थियो ।
सभामा सरकारको कटाक्ष
बिरोध सभाका वक्ताहरुले बतृमान संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको चर्को बिरोध गरेका थिए । उनीहरुले तीनै तहका सरकारहरु नालायक भएको र नेपाली नागरिकको अहित हुनेगरि काम गरिरहेको आरोप लगाए । 
नेपाली काङ्ग्रेसका कायृकर्ता यसअघि स्थानीय तहको निर्वाचनमा इलामको देऊमाई नगरपालिकामा प्रमुखको उम्मेदवार होम दुलालले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतसम्मलाई गाली गरेका थिए । उनले सरकारले गुण्डागर्दी गरिरहेको आरोप लगाए ।
दुलाले इलाम नगरपालिकाले नागरिकबाट उठाएको करबाट वडावडामा गर्नुपर्ने बाटो तथा अन्य पूर्वाधारसम्बन्धी विकास निर्माणको कामको रकम इलामबजार भित्र ब्यापारिक भवन बनाएर सक्न लागेको बताए । ‘करोडौँ खर्च गरेर इलाम बजारमा एउटा भवन बनाइँदैछ । जुन खर्च वडाका बासिन्दाबाट कर उठाएको हो, त्यसले वडामै बाटोघाटो बनाउनेदेखि वडाकै विकासमा खर्च गर्नुपर्ने हो’, उनले भने ।
दुलालले जनताको घाँटी निमोठिने गरि कर बृद्धि गरिएको, सरकारद्वारा सुत्केरी हुनेलाई पनि कर लिन थालेको जस्ता आरोपसहित बिरोध गरेका थिए ।
नेपाली काङ्ग्रेसका जिल्ला सभापतिसमेत रहेका यसअघि स्थानीय निर्वाचनमा इलाम नगरको प्रमुखका उम्मेदवार हिमालय कर्माचार्यले पनि सरकारको चर्को बिरोध गरे । राजधानी काठमाण्डौमा बाटोघाटो नबनाएर मान्छे डुब्ने खाल्डाखुल्डी र हिलो भएकोदेखि स्थानीय सरकारले मूल्यबृद्धि र करबृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको सम्म कर्माचार्यले आरोप लगाए ।
सभामा पूर्व राज्यमन्त्री तथा काङ्ग्रेस महासमिति सदस्य बेनुपराज प्रसाइ, इलामका पूर्व जिविस सभापति हरि खनाल, नेपाल महिला संघकी पूर्व केन्द्रीय सदस्य विष्णु दहाल, संघकी जिल्ला सभापति निर्मला सञ्जेलसहित अन्य नेताहरुको उपस्थिति रहेको थियो ।
होटल एशोसिएसन इलामका अध्यक्ष देवी पौडेल काङ्ग्रेसमा प्रवेश
काङ्ग्रेसको बिरोध सभा र ¥यालीकै अवसर पारेर होटल एशोसिएसन इलामका अध्यक्ष देवी पौडेल काङ्ग्रेसमा प्रवेश गरेका छन् । उनले आपूmलाई अन्य पार्टीभन्दा काङ्ग्रेस नै प्रजातान्त्रिक र असल पार्टी लागेकोले काङ्ग्रेसमा प्रवेश गरेका बताए । सभामा उपस्थित काङ्ग्रेस नेताहरुले उनलाई अबिर लगाएर पार्टी प्रवेश गराएका हुन् । पौडेलले प्रजातन्त्र, लोकतन्त्र, वाक स्वतन्त्रता, सूचनाको हक, मौलिक अधिकारको संरक्षणको लागि चारतारे झण्डा बोक्न तयार भएको बनि बताए ।

प्रतिकृया दिनुहोस