• मंगलबार ६-९-२०७५/Tuesday 09-25-2018
  • 11:12:57

टहरोमा सिस्नो

मेची राजमार्गको रोङ गाउंपालिकास्थित कोल्बुङ खण्डको सडक क्षेत्रमा टहरो बनाएरमा सिस्नो र कांक्रा बेच्न बसेकी स्थानीय ब्यापारी । यतिबेला बर्षाद्का कारण बारी, कान्ला तथा जंगल क्षेत्रमा प्रसस्त सिस्नु उत्पादन हुने भएपछि बाटामा राखिने तरकारी पसलमा सिस्नु पनि बेच्ने गरेको पाइएको छ । नौलो मानिने सिस्नु मन पराउने यात्रुले गाडि रोकेर किन्ने गरेका छन् । तस्विरमा देखिएकी ब्यापारी महिलाले राखेको सिस्नु प्रतिमुठा ५० रुपैयांका दरले बिक्री गर्ने गरेको बताइन् । योबाहेक उनले कांक्रा, स्कुसको मुण्टा यो सिजनमा धेरै बिक्री भइरहेको बताइन् । तस्विरः रोहितचन्द्र भट्टराई ।

प्रतिकृया दिनुहोस