• शुक्रबार ४-४-२०७५/Friday 07-20-2018
  • 06:26:25

छिट्छिटै पिसाब लाग्छ ? पुवामाई टोल पुग्नुहोला नि !

सन्दकपुर संवाददाता
इलाम, २८ असार :
तपाइँलाई यदि छिटो छिटो पिसाब लाग्ने बानी या रोग छ भने जस्तै इमर्जेन्सी काममा वा झुक्किएर पनि इलाम नगरपालिका ९ को पुवामाई टोल विकास संस्थाको क्षेत्रभित्र नपस्नु होला । त्यहाँ स्पष्टसँग सूचना गरिएको छ– टोल विकास संस्थाको क्षत्र भरि पिसाब गर्न पाइँदैन भनेर ।
मेची राजमार्गको भञ्ज्याङ गोलाखर्क खण्डमा अवस्थित यो टोल विकास संस्थाले राजमार्ग किनारमै राजमार्गमा गाडिमा वा पैदल यात्रा गर्ने जो सुकै यात्रीले देख्न र पढ्न सक्ने गरि  यस्तो सूचना गरेको हो । राजमार्ग छेउको एउटा रुखमा टाँगिएको बोर्डमा भनिएको छ– ‘यस टोल विकास संस्था क्षेत्रभित्र पिसाब गर्न मनाही छ ।’ यसले टोल विकास संस्थाको क्षेत्रभित्र पिसाब गर्नै नपाइने अर्थ बुझाउँछ । 
वास्तविकता फरक होला, तर होर्डिङ बोर्डको सन्देशले उक्त क्षेत्रमा पिसाब गर्नु कारबाहीको भागिदार बन्न तयार हुनु हो भन्ने बुझाउँछ ।
किन यस्तो सूचना टालियो त ? साँच्चै त्यहाँ पिसाब गर्नै नपाइने हो त ? साँच्चै भए त्यहाँ पुग्ने जो कोहीले पिसाब लागेको खण्डमा के गर्ने ? सन्दकपुर दैनिकले यी प्रश्नहरू उक्त टोल विकास संस्थाका अध्यक्ष याम बहादुर र्चौहानलाई राख्दा उनले वास्तविकता त्यस्तो नभई अञ्जानमै यस्तो भएको प्रतिक्रिया दिए । 
उनको भनाई अनुसार नगरपालिका कार्यालयले टोल विकास संस्थाहरूमा खुल्ला दिशापिसाब नगर्ने सन्देश सूचना बोर्डमा राख्न बजेटसहित जिम्मा दिएको बेला राखिएको उक्त बोर्डमा भूलबस पिसाब गर्नै नपाइने सन्देश परेको हो । ‘म आपूmले त्यतिबेला हेरिरहिनँ । नगरपालिकाले छिटो गर भनेर हतार लगायो । हतारहतारमै संस्थाका अरु साथीहरूले काम गर्दा त्यस्तो भूल भएछ’, अध्यक्ष चौहानले भने । त्यो बोर्ड राखिएको एक वर्षभन्दा बढी भइसकेको छ । के यतिञ्जेल पिसाब गरेनन् त कसैले ? भन्ने प्रश्नमा उनले त्यस्तो नभएको र कसैलाई केही नगरिएको जवाफ दिए । किन बोर्डमात्रै राखियो त ? भन्ने प्रश्नमा चाहिँ उनले आपूm रुखमा चढेर झिक्न नसक्ने र साथीहरूले नभ्याएको भन्दै आज भोली नै आपूmले त्यो बोर्ड झिक्न लगाउने प्रतिबद्धता ब्यक्त गरे । भाषा मिलाउन ख्याल नगर्दा बोर्डमा लेखिएको वाक्यले दिन खोजिएको सन्देश भन्दा फरक र गतल अर्थ लाग्ने सन्देश दिएको उनले स्वीकार गरे । चौहान सेवानिबृत्त शिक्षक हुन् ।

प्रतिकृया दिनुहोस