• शनिबार ५-२-२०७५/Saturday 08-18-2018
  • 10:46:59

इलामबाट माईपोखरी हुँदै सन्दकपुरसम्म बाह«ैमास चल्ने बाटो तयार

रोहितचन्द्र भट्टराई
इलाम, २८ असार :
पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण र चर्चा कमाउँदै गएको भारतीय सीमाक्षेत्रमा अवस्थित इलामको सन्दकपुरमा बर्षाद्को बेला पनि नेपालतर्पmबाटै गाडि गुड्न सक्नेगरि बाटो निर्माण भएको छ । पछिल्लो पटक सन्दकपुर गाउँपालिका २ को माईमझुवास्थित बुधबारे बजारदेखि सन्दकपुरकै वडा नम्बर ४ को मावुस्थित कालापोखरीसम्म बाटो सोलिङ तथा ग्राभेल गरिएपछि यो सडकबाट बाहै«मास सन्दकपुर जान सकिने भएको हो ।
यसअघि इलाम सदरमुकामदेखि बिब्ल्याँटे हुँदै माईपोखरी र बुधबारेसम्मको कच्ची बाटोमा बाह«ैमास गाडि चल्दै थिए । सन्दकपुर जाँदा इलामबाट सन्दकपुर गाउँपालिकाकै वडा नम्बर ३ को सुलुबुङ, ४ को माबु हुँदै हिउँदको समयमा पुग्न सकिन्थ्यो । नेपालतर्पmबाटै सन्दकपुर पुग्ने अर्को बिकल्प थिएन । यसपटक गाउँपालिकाको बजेटले ती दुवै बाटो बनिएपछि बर्षायाममा पनि सन्दकपुर जान सकिने भएको हो ।
चालु आर्थिक वर्षमा गाउँपालिकाको १३ लाख बराबरको बजेटले बुधबारेदेखि कालापोखरीसम्म करिब ११ किलोमिटर बाटोमा पर्खाल, सोलिङ, ग्राभेलिङसहित स्तरोन्नति गरिएको उक्त बाटोको निर्माण उपभोक्ता समितिका अध्यक्ष मानवीर राईले जानकारी दिए । उक्त बाटो बनिएपछि इलामबाट सन्दकपुर पुग्दा माबुतिरबाट भन्दा माईमझुवा तिरबाट गाडिमा एक घण्टा छिटो पुग्न सकिने उनले बताए । 
गाउँ कार्यपालिकाका प्राविधिक राजकुमार यादवका अनुसार अब मेची राजमार्गको इलाम नगरपालिका ५ स्थित बिब्ल्याँटे खण्डबाट उक्त बाटो हुँदै सन्दकपुर पुग्दा २८ किलोमिटर दुरी यात्रा गर्नुपर्छ । त्यसका लागि बिब्ल्याँटेदेखि माईपोखरी (देउराली)सम्म १२ किमी, देउरालीदेखि माईमझुवा (बुधबारे) पाँच किमी र बुधबारेदेखि सन्दकपुर कालापोखरी ११ किलोपमटर रहेको यादवले बताए । उनले चालु आवमा उक्त बाटोसँगै माबुपट्टिबाट सन्दकपुर जाने बाटो पनि गाउँपालिकाको बजेटले मर्मत गरिएकोले त्यो बाटोमा पनि अहिले गाडि चलिरहेको सन्दकपुरलाई बताए ।
इलामका मुख्य पर्यटकीय स्थल रहेका ती स्थानमा बाटो बनिएपछि आगामी दिनमा उक्त क्षेत्रको अझ विकास हुने अपेक्षा गरिएको छ । धार्मिक रुपले पनि महत्वपूर्ण मानिएको माईपोखरी र सन्दकपुरमा एउटै बाटोबाट यात्रा हुने भएपछि त्यस क्षेत्रमा पर्यटकको आकर्षण पनि थपिने अपेक्षा गरिएको माईमझुवाका अवि दहालले बताए । 
रामसार सुचिमा रहेको माईपोखरी र भारतीय पर्यटकको समेत आकर्षणको स्थान र भारततर्पmबाट कञ्चनजङ्घासम्म जाँदा बाटोमा पर्ने सन्दकपुरसँगसँगै यस क्षेत्रमा अरु पनि धेरै पर्यटकीय स्थलहरु छन् । सन्दकपुर गाउँपालिकाभित्रै पर्ने ती पर्यटकीय स्थल पनि आकर्षक रहेको स्थानीय पत्रकार दिनेश सुबेदीले बताए । 
सन्दकपुर १ मा माईपोखरी र सातखाल्डे (जहाँ पञ्चायतकालमा सातजना लाई एकैस्थानमा हत्या गरिएको थियो । त्यहाँ हाल शहिद पार्क निर्माण गरिएको छ) पर्छन् । माईपोखरी र यसको सीमसार क्षेत्रले वडा नम्बर ३ को पनि केही भाग ओगटेको छ । सन्दकपुर गापा २ माईमझुवामा छिन्तापु, टोड्के झरना सँगसँगै हिमालको छायाँ देखिने तालहरु अवस्थित छन् । वडा नम्बर २ र ४ मा सन्दकपुर पर्यटकीय क्षेत्र पर्दछ । 
वडा नम्बर ४ मा लोपोन्मुख रेडपाण्डा (हाब्रे) पाइने सामुदायिक वन, सीमा क्षेत्रको डाँडामा कालपोखरी, लामा उत्पादन गर्ने पाठशाला सहितको बौद्ध गुम्बा, १२ दशमलब ५ मेगावाट क्षमताको अप्परमाई जलविद्युत आयोजना छन् । सन्दकपुर वडा नम्बर ५ जमुनामा ढाप पोखरी, जौबारीको कृषि अनुसन्धान केन्द्र स्थलसहितका पर्यटकीय स्थल रहेका छन् ।
समय मिलाएर जाँदा एकपटक सन्दकपुर पुग्दा ती सबै क्षेत्रमा पुगेर फर्किन सकिन्छ । सबै स्थानमा पुग्ने कच्ची मोटरबाटो पनि छन् । आगामी दिनमा ती बाटोहरुको स्तरोन्नति गरेर पर्यटकीय स्थलहरुलाई थप विकास गर्दै लाने योजना रहेको गाउँ कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश कार्कीले बताए ।

प्रतिकृया दिनुहोस