• शुक्रबार ४-४-२०७५/Friday 07-20-2018
  • 06:22:27

शिक्षा कार्यसम्पादनमा इलाम सर्वोत्कृष्ट

सन्दकपुर
इलाम, २८ असार :
यसअघि क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाको क्षेत्राधिकारमा रहेका पूर्वाञ्चलका १६ जिल्लामध्ये कार्यसम्पादन परीक्षणका आधारमा इलाम सर्वोत्कृष्ठ जिल्ला घोषणा भएको छ । निर्देशनालयले सोमवार आयोजना गरेको कार्यक्रममा यो नतिजा सार्वजनिक गरेको कान्तिपुर दैनिकले समाचार प्रकाशन गरेको छ ।
कार्यसम्पादन परीक्षणबाट धनकुटा दोस्रो र मोरङ तेस्रो भएका छन् । नौ वटा विभिन्न सूचकका आधारमा कार्यसम्पादन परीक्षण गरिएको उपनिर्देशक राजकुमार विश्वकर्माले बताए । योजना निर्माण कार्यान्वयनमा २४, जिल्लास्तरीय कार्यक्रम कार्यान्वयनमा ४२, विद्यालय सुपरीवेक्षण तथा अनुगमन २४, तथ्याङ्क तथा अभिलेख व्यवस्थापन २४, शैक्षिक व्यवस्थापकीय प्रक्रिया पक्ष ३३ छन् । यस्तै नजिता ४२, प्रवद्र्धनात्मक कार्य ६ र सेवाग्राही सन्तुष्टि १५ गरी जम्मा २ सय ३६ पूर्णाङ्गको सूचकका आधारमा कार्यसम्पादन परीक्षण गरिएको जनाइएको छ ।
सर्वोत्कृष्ट हुने इलामले ७६ दशमलव ७९ प्रतिशत अङ्क प्राप्त गरेको छ । दोस्रो हुने धनकुटाले ६३ दशमलव ७४ प्रतिशत र तेस्रो हुने मोरङ्गले ६२ दशमलव ४७ प्रतिशत अङ्क पाएका छन् । यसैगरी चौथो हुने सोलुखुम्बुले ६१ दशमलव १२, पाँचौं हुने भोजपुरले ५९ दशमलव ७८, छैटौं स्थानको झापाले ५८ दशमलव ९९ प्रतिशत प्राप्त गरेका छन् ।
सातौं स्थान पाँचथरले ५८ दशमलव ४९, आठौं संखुवासभाले ५८ दशमलव शून्य २, नवौं सप्तरीले ५७ दशमलव ८१, दसौं खोटाङ्गले ५५, एघारौङ्को ताप्लेजुङले ४३ दशमलव १९ प्रतिशत अङ्क ल्याएको छ । बाह्रांै हुने उदयपुरले ४२ दशमलव ४२ दशमलव ४२, तेह्रौं हुने सिराहाले ४१ दशमलव ५१, चौधौं सुनसरीले ४० दशमलव ७३, पन्धौं हुने तेह्रथुमले ३८ दशमलव ७० र सोह्रौं हुने ओखलढुंगाको २८ दशमलव ९८ प्रतिशत मात्र अङ्क प्राप्त गरेका छन् । विद्यालयको मूल्याङ्कन गहिराइमा पुगेर गर्ने प्रयास गरिएको क्षेत्रीय शिक्षा निर्देशक खड्गबहादुर कमालले दाबी गरे ।
 

प्रतिकृया दिनुहोस