• शुक्रबार ४-४-२०७५/Friday 07-20-2018
  • 06:20:49

चापागाईत्रयद्वारा बाल अनाथालय र सहयोगी हातलाई नगद ४० हजार सहयोग

सन्दकपुर संवाददाता
इलाम, २८ असार :
इलामको देऊमाई नगरपालिकामा पर्ने साविकको धुसेनी गाविस ४ निबासी तीनजनाले सदरमुकामका दुई संस्थालाई नगद ४० हजार रुपैयाँ सहयोग गरेका छन् । 
हाल इलाम जिल्ला समन्वय समितिको जिल्ला समन्वय अधिकारीसमेत रहेका झरेन्द्रप्रसाद चापागाई तथा हाल कोरियामा रहेका उनका भतिजाहरु यामप्रसाद चापागाई र गजेन्द्रप्रसाद चापागाईले इलाम नगरपालिका ९ स्थित राहसल बाल अनाथालय र इलाम नगरपालिका ७ को इलामका सहयोगी हातहरु नामका संस्थाहरुलाई बीस बीस हजार उपलब्ध गराएका हुन् । झरेन्द्रले १५ हजार, यामप्रसादले १५ हजार र गजेन्द्रले १० हजार सहयोग गरेको समन्वय अधिकारी झरेन्द्रले बताए ।
चापागाईत्रयबाट प्राप्त सहयोग रकम अनाथालयको अक्षय कोषमा दाखिला गरिएको अनाथालयले जनाएको छ । अनाथालयको अक्षय कोषमा हालसम्ममा १२ लाख रुपैयाँ जम्मा भइसकेको छ । अनाथालयमा हाल १५ जना अनाथ बालबालिका रहेका छन् । उनीहरुलाई पढ्नेसहितको ब्यवस्था अनाथालयले गरेको छ ।
यस्तै इलामका सहयोगी हातहरु नामक संस्थाले पनि अक्षय कोष जम्मा गरि इलाम अस्पतालमा रहेका बिरामीलाई सहयोग गर्दै आएको छ । नगदको अभावमा उपचार गर्न नपाएका, उपचार नपाएर अलपत्र परेका इलाम अस्पतालमा आएका बिरामीलाई सहयोग गर्न स्थापित इलामका सहयोगी हातहरुका अध्यक्ष रतन चौधरीका अनुसार चापागाईत्रयबाट प्राप्त सहयोग अक्षय कोषमा राखिएको छ । उक्त संस्थामा पनि अक्षय कोषमा हालसम्म १८ लाख भन्दा बढी रकम जम्मा भइसकेको अध्यक्ष चौधरीको भनाई थियो ।
बिपन्न बिरामीलाई आवश्यक सहयोग गर्दै आएको संस्थालाई सहयोग गर्दा आपूmले गरेको सहयोग बढी काम लाग्ने भएकाले नगद उपलब्ध गराइएको पनि झरेन्द्रले सन्दकपुरलाई बताए ।

प्रतिकृया दिनुहोस