• मंगलबार ६-९-२०७५/Tuesday 09-25-2018
  • 05:43:21

मन्दिरलाई १९ किलो धातुको मुर्ति दिए डम्बर खड्काले

सन्दकपुर संवाददाता
इलाम, २७ असार :
काङ्ग्रेस कार्यकर्ता समेत रहेका निर्माण ब्यवसायी इलाम नगरपालिका ७ इलाम बजार निकासी डम्बर खड्काले माइजोगमाई गाउँपालिकामा रहेको एक मन्दिरलाई १९ किलो ग्रामको धातुको मूर्ति उपलब्ध गराएका छन् । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका खड्काले माइजोगमाई १ नयाँ बजारमा रहेको बालागुरु शिवालय धामलाई सो मूर्ति दान गरेका हुन् । 
करिब एक लाख १० हजार मूल्य बराबरको उक्त मूर्ति उहाँले मन्दिर व्यवस्थापन समितिका सहसचिव शिव निरौलालाई प्रदान गरेका हुन् । मन्दिरलाई मूर्ति दान गर्न पाएकोमा खुशी व्यक्त गर्दै खड्काले मन्दिरलाई आगामी दिनमा समेत सहयोग गर्ने बताए । 
मन्दिर ब्यवस्थापन समितिका सचिव याम रसाइलीले खड्काले गर्नुभएको मूर्ति दानले आफूलाई थप काम गर्न समितिलाई हौसला मिलेको बताए । इलामको रेडियो चियाबारीका अध्यक्ष समेत रहेका खड्काले बेलाबेला विभिन्न मठ मन्दिर, चर्च, गुम्बाका साथै असाहय अशक्तलाई समेत सहयोग गर्दै आएका छन् ।
खड्का यसअघि प्रदेश सभाको निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट प्रदेश नम्बर १ मा प्रदेश सभा सदस्यमा नेपाली काङ्ग्रेसका तर्पmबाट उम्मेदवार थिए । उनी नेकपा एमालेका जिल्ला अध्यक्ष राम रानासँग पराजित भए ।

प्रतिकृया दिनुहोस