• सोमबार ९-२-२०७५/Monday 12-17-2018
  • 04:11:13

अलैँचीको फाइबरबाट हस्तकला बनाउने तालिम

सन्दकपुर संवाददाता
इलाम, २७ असार :
अलैँचीको सुकेको बोट (फाइबर)बाट हस्तकला बनाउने तालिम इलाम सदरमुकाममा शुरु भएको छ । इलाम नगरपालिका ६ को बालनगाउँस्थित सामुदायिक होमस्टेमा शुरु भएको पाँच दिने तालिममा २८ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ । 
इलाम उद्योग वाणिज्य संघ र ब्यापार तथा निकासी प्रबद्र्धन केन्द्र विराटनगरको आयोजनामा तालिम शुरु भएको हो । तालिममा ताप्लेजुङकी माया गुरुङले सहजीकरण गरिरहेको आयोजक संस्था इउवासंघले जनाएको छ । 
बुधबार एक कार्यक्रमका बीच इउवा संघका प्रथम उपाध्यक्ष ईश्वर चिपालुले तालिमको उद्घाटन गरेका छन् । प्रथम उपाध्यक्ष चिपालुकै अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रवद्र्धन केन्द्रका अशोक भट्ट र इउवासंघका कोषाध्यक्ष देबेन्द्र विश्वकर्माले शुभकामना मन्तब्य राखेका थिए । संघका कर्मचारी जीवन रिजालले कार्यक्रममा उद्घोषण गरेका थिए ।

प्रतिकृया दिनुहोस