• मंगलबार ६-९-२०७५/Tuesday 09-25-2018
  • 11:12:48

आगलागीका कारण डेढ लाख बराबरको क्षति

सन्दकपुर संवाददाता
इलाम, २७ असार :
इलामको सूर्योदय नगरपालिका ३ पशुपतिनगरस्थित तीनखुट्टे निबासी डिसन राईको घरमा आगलागी हुँदा करिब डेढ लाख नगद बराबरको क्षति भएको छ । मङ्गलबार दिउँसो खाना पकाउँदै गरेको समयमा एलपी ग्याँसको रेगुलेटरबाट ग्याँस लिक भएर आगलागी हुँदा राईको भान्सा घर जलेको हो । 
आगलागीबाट त्यहाँ रहेको एउटा काठ काट्ने चेनसियो मेशिन र भाँडाकुँडा पनि जलेको छ । दिउँसो तीन बजेतिर आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस