• बुधबार ८-२६-२०७५/Wednesday 12-12-2018
  • 03:48:56

बर्षा र पहिरोले छ रोपनीमा लगाएको मकैबाली नष्ट

सन्दकपुर संवाददाता
इलाम, २७ असार :
अबिरल आएको बर्षासँगै पहिरो जाँदा इलामको माईजोगमाई गाउँपालिका ३ को रिटममा तीनजना कृषकको ६ रोपनी जग्गामा लगाएको मकैबाली नष्ट भएको छ । पहिरोका कारण उनीहरूको घर पनि जोखिममा रहेको छ । 
पहिरोले स्थानीय प्रेमलाल थामी, जयकुमार थामी र जंगबहादुर थामीको दुई दुई रोपनीमा रहेको मकैबाली नष्ट गरेको र त्यही स्थानमा रहेका ढुङ्गा माटोको गारो र टीनको छाना भएका उनीहरूका घर जोखिममा परेको हो । पीडित थामी परिवारहरू अहिले स्थानीय चित्रबहादुर थामीको घरमा आश्रय लिएर बसेका छन् । 
मङ्गलबार साँझ ६ बजेतिर पहिरो गएको सूचना प्राप्त गरेपछि माईजोगमाई ३ को नामसालिङमा रहेको प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगेको थियो ।

प्रतिकृया दिनुहोस