• शुक्रबार ४-४-२०७५/Friday 07-20-2018
  • 06:28:39

सखुवाको काठ बरामद्

सन्दकपुर संवाददाता
इलाम, २७ असार :
इलामको रोङ गाउँपालिका ५ बाट मङ्गलबार दिउँसो प्रहरीले सखुवाको काठ बरामद् गरेको छ । स्थानीय लिलाराज राईले दुई हप्ताअघि काठको टुना लुकाएर राखेको सूचनाको आधारमा इरौँटारस्थित प्रहरी चौकीबाट खटिएको प्रहरीले उक्त काठ बरामद् गरेको हो । राईले स्थानीय ज्ञानबहादुर कार्कीको घरनजिकै कुलेसोमा काठ लुकाएर राखेको प्रहरीले फेला पारेर बरामद् गरेको जनाइएको छ । 
प्रहरीका अनुसार टाँचा नलगाएको अवस्थामा अन्दाजी ४०÷४० क्यूविक फिट सखुवाको टुना दुई थान र १५÷१५४ क्यूविक फिट टुना दुई थान बरामद् गरिएको हो । प्रहरीले उक्त काठ बेवारिसे अवस्थामा रहेको जनाएको छ । लिलाराज फरार रहेको र खोजी भइरहेको पनि प्रहरीको भनाई छ ।
काठ रहेको स्थानबाट १०० मिटर पूर्वमा मे१त १६०० नम्बरको ट्याक्टर बिग्रेको अवस्थामा रहेको र उक्त काठ त्यही ट्याक्टरमा ल्याएर त्यहाँ राखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बरामद् भएको काठ जिल्ला वन कार्यालयसँग समन्वय गरि बुझाउने तयारी गरिएको पनि प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस