• शुक्रबार ८-२८-२०७५/Friday 12-14-2018
  • 09:46:01

७३ बर्षीया बृद्धा गाँजासहित पक्राउ

सन्दकपुर संवाददाता
इलाम, २७ असार
: इलामको सूर्योदयन गरपालिका २ पशुपतिनगरस्थित बागबिरेमा एकजना बृद्धा गाँजासहित पक्राउ परेकी छिन् । बागबिरेकि ७३ बर्षीया रिता रिजाललाई सोमबार साँझ साढे सात बजेको समयमा एक किलो गाँजासहित घरबाटै प्रहरीले पक्राउ गरेको हो । बृद्धा रिजालले सानो सानो पोका बनाएर गाँजा बिक्री गर्ने गरेको र घरमा राखेको भनी प्राप्त गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले घर खानतलासी गर्दा फेला परेको जनाइएको छ । प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस