• शुक्रबार ४-४-२०७५/Friday 07-20-2018
  • 06:28:03

पञ्चकन्या माई हाइड्रोको साउन १ देखि आइपिओ निश्कासन

 सन्दकपुर संवाददाता

इलाम, २४ असार : पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साउन १ गतेदेखि प्राथमिक सेयर निष्काशन गर्ने भएको छ।

कम्पनीले कुल ११ लाख कित्ता सेयर जारी गर्न लागेको हो। जसमा ४४ हजार कित्ता कर्मचारीका लागि र ५५ हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ।

आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम पाँच हजार ५०० कित्तासम्म आवेदन गर्न सकिने छ। चाँडोमा साउन ४ गतेसम्म आवेदन गर्न सकिने बिक्री प्रवन्धक सनराइज क्यापिटलले जनाएको छ। आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट सिआस्बा प्रक्रियाबाट आवेदन दिन सकिनेछ।

कम्पनीले क्रेडिट रेटिङ ४ पाएको छ। पञ्चकन्याले जारी पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो।कम्पनीले अप्पर माई जलविद्युत आयोजनाबाट १२ मेगावाट क्षमताको आयोजना सञ्चालनमा ल्याएको छ भने ६ दशमलव १ मेगावाटको क्यास्केड आयोजना निर्माण सम्पन्न गरिसकेको छ।

प्रतिकृया दिनुहोस