• बुधबार ८-२६-२०७५/Wednesday 12-12-2018
  • 03:55:21

प्रदेशस्तरीय वत्तृmत्वकलामा इलामबाट रश्मिना छनौट

सन्दकपुर संवाददाता
इलाम, २२ असार
: इलाम सदरमुकाममा बिहीबार सम्पन्न भएको ‘सम्बृद्ध नेपाल, सुखी नेपाली अभियानमा युवाको भूमिका’ बिषयक वक्तृत्वकला प्रतियोगितामा पहिलो हुँदै सदरमुकामको प्रज्ञा सदन बोर्डिङ्ग स्कुलकी छात्रा रश्मिना खतिवडा प्रदेशस्तरीय प्रतियोगिताको लागि छनौट भएकी छिन् ।
जिल्ला युवा समितिको कार्यालय इलामका अध्यक्ष नवराज शङ्करको अध्यक्षता एवम् जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालको प्रमुख आतिथ्यतामा भएको जिल्लास्तरीय प्रतियोगितामा द्वितीय, तृतीय र सान्त्वना क्रमशः प्रशन्न निरौला, रश्मि काफ्ले र बबिता अधिकारी भए ।
१६ देखि २४ बर्षसम्मका युवाहरुको सहभागिता रहेको प्रतियोगितामा ११ जनाले भाग लिएका थिए । असार २३ गते प्रदेश राजधानी विराटनगरमा सबै जिल्लाका उत्कृष्टहरुबीच प्रतिस्पर्धा हुने र प्रदेशमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेहरुले असार २६ गते काठमाण्डौमा हुने सोही बिषयको वक्तृत्वकला प्रतियोगितामा सहभागी हुने अवसर पाउने अध्यक्ष शङ्करले बताए ।

प्रतिकृया दिनुहोस