• सोमबार ९-२-२०७५/Monday 12-17-2018
  • 04:13:57

अर्जेन्टिना र फ्रान्स कसले मार्ला बाजी , रोनाल्डो र स्वारेज भिडन्त - दुवैलाई क्वाटरफाइनल पुग्ने चुनौती 

विश्वकप फुटबलको नकआउटचरणको बहुप्रतिक्षित खेलमा आज उपाधि दाबेदार मानिएको फ्रान्स र अर्जेन्टिना प्रतिस्‍पर्धा गर्दै छन्।  पछिल्ला  १५ मध्ये एक खेलमा मात्र पराजित भएको फ्रान्स र निरन्तर जित र हारको पर्याय बन्दै गएको अर्जेन्टिना दुवैका लागि जित निर्विकल्प हुनेछ। फ्रान्सविरुद्ध विश्वकप फुटबलमा अर्जेन्टिना सधैँ हाबी रहँदै आएको छ। विश्वकपमा अर्जेन्टिनाविरुद्ध दुईपटक भिडेको फ्रान्स दुवैपटक पराजित भएको छ। पहिलो विश्वकपका अर्जेन्टिनासँग १९३० मा भिडेको अर्जेन्टिना दोस्रोपटक १९७८ मा विश्वकपमा एक अर्काविरुद्ध प्रतिस्‍पर्धा गरेका थिए । फ्रान्स र अर्जेन्टिनाविरुद्धको इतिहास हेर्दा अर्जेन्टिना बलियो छ। यि दुईबीच कुल ११ पटक एक(अर्काविरुद्ध प्रतिस्‍पर्धा भएको छ। जसमा अर्जेन्टिनाले ६ पटक जित्दा फ्रान्सले दुईपटक जितेको छ। तीनपटक यी दुई टिमबीच बराबरी भएको छ। पछिल्लोपटक यी दुईबीच २००९ यता भने भेट भएको छैन। प्रतिस्‍पर्धालाई आधार मान्ने हो भने दुवै टिमको प्रदर्शन उस्तै छ। संघर्षपूर्ण रूपमा समूहचरणबाट नकआउटमा पुगेको अर्जेन्टिनाले नाइजेरियाविरुद्ध सुधारिएको प्रदर्शन गरेकाले फ्रान्सलाई हराउन सक्ने आत्माविश्वास अर्जेन्टिनामा रहेको छ। फ्रान्सले सहजै समूहचरण पार गरे पनि जितका लागि ठूलो संघर्ष गरेको थियो। फ्रान्सले सुरुवाती खेलमा अस्ट्रेलियाविरुद्ध संघर्षपूर्ण जित निकाले पनि उसले दोस्रो गोल ८० औँ मिनेटमा उपहारका रूपमा पाएको थियो। पेरुविरुद्ध पनि आफ्नो राम्रो छवि देखाउन फ्रान्स असफल भएको थियो। उसले १(० को जित निकालेको थियो। तेस्रो खेलमा फ्रान्स डेनमार्कसँग प्रतियोगिताकै पहिलो गोलरहित बराबरी खेल्न बाध्य भयो। अर्जेन्टिनालाई हराउने हो भने फ्रान्सले खेलमा सुधार गर्नुपर्नेछ अन्यथा अर्जेन्टिनालाई क्वाटरफाइनल प्रवेशबाट रोक्न मुस्किल पर्नेछ।

 

रोनाल्डो र स्वारेज भिडन्तस् दुवैलाई क्वाटरफाइनल पुग्ने चुनौती 
 विश्वकप फुटबलअन्तर्गत नकआउट चरणअन्तर्गत आज राति हुने खेलमा दुई चिरपरिचित स्टारहरू लुइस स्वारेज र क्रिश्टियानो रोनाल्डो एक आपसमा प्रतिस्‍पर्धा गर्दै छन्। उरुग्वेका तर्फबाट स्वारेज र पोर्चुगलका तर्फबाट रोनाल्डो मैदानमा उत्रँदा अधिकासंको नजर यिनै दुई खेलाडीमा केन्द्रित हुनेछ। दुवैको लक्ष्य क्वाटरफाइनल हुँदा खेल रोमाञ्चक हुने छ। टिमको राम्रो प्रदर्शनमा समूह ‘ए’ को विजेता बनेको उरुग्वे तथा रोनाल्डोको उच्च फर्ममा समूह ‘बि’ को उपविजेता बनेको पोर्चुगल दुवैको प्रतिष्ठको विषयसमेत भएकाले जित निकाल्ने चुनौती रहेको छ। रोनाल्डाले समूह चरणका सुरुवाती २ खेलमा ४ गोल गर्दे सनसनी मच्चाएका थिए । अझ स्पेनविरुद्धको ह्याट्रिकले उनी उच्च फर्ममा रहेको प्रस्टै छ। ३ खेलमा १ मा जित र २ खेलमा बराबरी गर्दै नकआउट पुगेको युरो च्याम्पियन पोर्चुगलका लागि विश्वकपमा पनि सोही लयलाई निरन्तरता दिनु आजको चुनौती हो। उरुग्वे अहिले निकै बलियो देखिएको छ। पछिल्ला ६ खेलमा निरन्तर जित निकालेको उरुग्वेले आफ्नो पोस्टमा एक गोल पनि खाएको छैन्। तर, विपक्षीका पोस्टमा ११ गोल गरेकाले स्वभाविक रुपमा आत्माविश्वासी बनेको छ। यी दुईबीच १९६६ को विश्वकप अघिको मैत्रिपुर्ण खेलमा एक अर्काविरुद्ध प्रतिस्‍पर्धा भएको थियो। जसमा पोर्चुगल विजयी बन्यो पछिल्लोपटक १९७२ मा भएको अर्को मैत्रिपुर्ण खेलमा १(१ गोलको बराबरी भएको थियो। अब उनीहरू विशुद्ध दुबै नौलो प्रतिद्वन्द्वीका रूपमा रहनेछन्। एक(अर्काविरुद्ध प्रतिस्‍पर्धा नगरेको पनि ४६ वर्ष भएकाले दुवैका लागि विश्वकपमा स्थान बनाई राख्न पनि जित अपरिहार्य हुनेछ।

 

 

प्रतिकृया दिनुहोस