• मंगलबार ६-९-२०७५/Tuesday 09-25-2018
  • 05:27:55

कथा : अधुरो आई लभ यू

भगीरथ भण्डारी
बिदामा बसेको दिन । हतार नगरी खाना पकाएर खाएँ । कपडा धोएँ । कोठा सफा गरो । टेबलमा भएको ल्यापटप अन गरेँ । दुनियाँ फेसबुक प्रयोगकर्ता भइरहँदा म पनि यसबाट कहाँ पर रहन सक्थेँ र ? सदा भैmँ फेसबुकमा मेसेज, नोटिफिकेसन र फ्रेण्ड रिक्वेष्ट आएका थिए । मैले फेसबुकमा केही पनि पोष्ट गरेको थिइनँ । तरपनि यति धेरै नोटिफिकेसन ! 
मनमा कुरा खेलाउँदै थिएँ । र पनि फ्रेण्ड रिक्वेष्टको प्राथमिकतामा थिएँ म । अचानक एउटा नौलो तस्विरमा आँखा पुग्यो । त्यो अकाउण्टबाट मलाई रिक्वेष्ट आएको रहेछ । मैले उसको प्रोफाइल खोलेर हेर्न थालेँ । प्रोफाइलबाट खासै जानकारी त पाउन सकिनँ, फोटोचाहिँ यति राम्रो थियो कि एसेप्ट नगर्न मनले मानेन ।
सेतो टिसर्ट र पाइण्टमा प्रोफाइल सजाएकी केटीको हाँसो झनै राम्रो । यो देखेर मलाई लाग्यो, ऊ मलाई हेरेर हाँसेकी हो । एकछिन घोत्लिएर हेरेँ । मनमा काउकुती लागेजस्तो भयो । एकोहोरो भएँ । 
अरु दिन खासै पूmर्सद नमिल्ने, आज बिदामा बसेको हुनाले आजै ऊसँग चिनजान गरौँ भत्रे इच्छा जागिरहेको थियो । यत्तिकैमा मेरो ल्यापटपले मेसेज आएको सङ्केत दियो । मेसेज उसैको थियो । ‘हेल्लो हेण्डसम ।’ मैले पनि उस्तै जवाफ फर्काएँ, ‘हाई ब्यूटिपूmल ।’ 
मैले प्रश्न गरेँ, ‘मलाई चित्रुहुन्छ ?’ उसले भनी, ‘धेरै त होइन अलिकति ।’ ‘देख्नु भा’छ मलाई ? मैले त कतै देखेजस्तो लाग्दैन नि ।’ ‘देखेको छु । राम्रो लागेर फेसबुकमा सर्च गरेँ । भेट्न सफल भएँ ।’ 
‘कहाँ देख्नुभा’को ?’, मैले सोधेँ । ‘आकाशमा’ भत्रे उत्तर आयो । ‘कतै आकाशमा पनि देखिन्छ र ? म चरा हुँ र आकाशमा देखिन ?’ ‘चरा जस्तै लाग्छ हा... हा... हा...’, उसले जिस्क्याइ । 
‘तपाइँको बारे भत्रु होस् नँ’, मैले उत्सुकता देखाएँ । ‘तपाइँ नभत्रु न कस्तो कस्तो लाग्छ ।’ ‘के भत्रु त ?’ ‘तिमी’, उसले भनी । मैले उसलाई चिनेको थिइनँ । तरपनि उसको कुरा गर्ने तरिका निकै आकर्षित थियो । यस्तो लाग्यो, आजको पुरै दिन उसैसँग कुरा गरेर बिताइदिउँ । 
गफ अगाडि बढाउँदै सोधेँ, ‘के गर्दै छौँ त तिमी ?’ उसले जवाफ दिइ, ‘खासै केही गर्दिनँ । तर मलाई आकाशमा उड्न मन लाग्छ ।’ मलाई पनि मौकामा जिस्क्याउन मन थियो, ‘हो है, अनि पखेटा बिना नै कसरी उड्नुहुन्छ त ?’ उसले भनी, ‘जहाँ इच्छा त्यहाँ उपाय । तपाइँ त पत्रकारिता गर्नुहुन्छ है ?’ ‘हजुर तिमीलाई कसरी थाहा भयो ? मेरो प्रोफाइलमा त मेरो कामबारे लेखिएको छैन ।’
एसले भनी, ‘तपाइँलाई देखेपछि खै के भयो, तपाइँको बारे पुरै जानकार नभई बस्नै सकिनँ । के यो माया हो ?’ झस्किएँ । को रहेछ त यो मान्छे ! आखिर मेरोबारे सबै थाहा छ । सम्झन कोसिस गरेँ, याद नै भएन । 
रिप्लाई गरेँ, ‘कस्तो हावा मान्छे तिमी त ?’ फेरि हाँसोको इमोशनसहित उत्तर आयो, ‘म हावामा धेरै हिँड्छु नि त । साँच्चै म तपाइँलाई असाध्यै मन पराउँछु । पत्याउनु या नपत्याउनु ।’ म दङ्ग परेँ । 
जसले मलाई प्रथम पटक कुरा गर्दैछे, यो सब भन्दैछे । कतै यसले मलाई मन चोरेकी त होइन ? अनि उसको ठेगाना सोधेँ, ‘तिम्रो ठेगाना बताउन सक्छौ ?’ उसले जवाफ दिइ, ‘मतपाइँलाई भोली सरप्राइज दिनेछु । कुरेर बस्नु । अहिलेलाई वाई ।’ 
यति भनेर ऊ अफलाइन भई । मलाई खुल्दुलीले जिस्क्याइरह्यो । मनमा कुरा खेलिरहे । रातभर निदाउन सकिनँ । 
उज्यालो भयो । ओच्छ्यानबाट उठेर चिया बनाउन थालेँ र बाहिर गएर चिया पिउँदै ल्यापटप खोलेँ । अफिसको केही मेल छ कि भनेर आफ्नो इमेल खोलेँ । अफिसबाट कुनै मेल थिएन । बरु एउटा नयाँ आइडीबाट इन्बक्समा एउटा मेल देखेँ । 
मेलमा यस्तो लेखिएको थियो– म त्यही ब्यक्ति हुँ, जसले तपाइँलाई फेसबुकको मेसेजमा सप्र्राइज दिन्छु भनेकी थिएँ । तपाइँसँगको मेरो कुराकानीपछि तपाइँको मनमा कौतुहतता जागेको कुरा म बुभ्mछु । हुनपनि तपाइँलाई याद छैन होला त्यो दिन, जब तपाइँ बिर्तामोड ट्याक्सी स्ट्याण्डबाट इलाम जान लाग्नुभएको थियो । निकै सुन्दर हुनुहुन्थ्यो । निलो जिन्सको पाइण्ट, रातो कोठे सर्ट, छोटो छोटो दाह«ी र ठाडो कपालले मलाई आकर्षित बनाएको थियो । तपाइँ आफ्नो साथीसँग आफ्नै सुरमा निकै दिल खोलेर हाँस्दा एकोहोरो हेरिरहेको थिएँ । त्यसैबेला इलाम जाने गाडि आइपुग्यो । तपाइँहरू गाडिमा चढ्नुभयो म काउण्टरमा गएर तपाइँको बारेमा खोजी गर्दा फोन नम्बर भेटेँ । अफिसको रहेछ । अफिसमा फोन गरेँ र तपाइँलाई फेसबुकमा सर्च गरेको हुँ । अब त तपाइँका सबै खुल्दुली मेट्न सफल भएँ जस्तो लाग्छ । म तपाइँलाई साँच्चै मन पराउँछु । तपाइँलाई जिन्दगीको हिस्सा बनाउन चाहन्छु । जवाफको प्रतिक्षामा हुनेछु । आइ लभ यू भगीरथ ।
यति पढ्न भ्याएपछि रिप्लाई गर्न भ्याइनँ । अफिसबाट फोन आयो अनि निस्किएँ । अफिसले मलाई रिपोर्टिङको लागि गोदक पठायो । १२ गोलाईमा ताप्लेजुङबाट आएको गाडि दुर्घटना भएको रहेछ । 
म अफिसको काममा हिडेँ । दुर्घटनास्थलमा पुगेँ । मानिसको भीड लागेको थियो । भीडलाई छिचोलेर भित्र पुगेँ । तीनवटा लास राखेको देखे, छोपेर । मैले अनुहार देखाउन आग्रह गरेँ । प्रहरीले मलाई चिनेको थियो । उसैले खोलिदियो । अनुहार देखेपछि म झसङ्ग भएँ । अनुहार थियो, त्यही फेसबुकमा हेरेको तस्विरको ।
 

प्रतिकृया दिनुहोस