• मंगलबार ६-९-२०७५/Tuesday 09-25-2018
  • 11:12:45

ट्रान्स्फर्मर फेर्ने तयारीमा कावेली  


इलाम २ असार : कावेली कोरीडोर १३२ के भी प्रसारण लाइन आयोजनाले इलाममा उत्पादित विद्युत ३३ केभी लाइनबाट १३२ मा लानका लागि नयाँ ट्रान्सफर्मर जडानको तयारीमा लागेको छ । झापा लखनपुरदेखी पाँचथरको अमरपुरसम्मको प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न भएपनि दोस्रो खण्ड फिदिम थापाटारसम्म र थापाटारदेखि अमरपुरसम्म तेस्रो खण्डको निर्माण कार्य सक्न अझै असोज महिना सम्म लाग्ने बताइएको छ । आयोजनामा भएको ढिलाइले पाँचथर र ताप्लेजुड.मा निर्माण भएका विभिन्न आयोजनामा उत्पादित विद्युत खेर जाने स्थितिमा छ । 
विभिन्न आयोजना बनेपछि  इलाममा उत्पादन भएर आयोजनाको गोदक स्थित सवस्टेसन हुदै राष्ट्रिय प्रसारणमा  जाने विद्युत बढि भएपछि ६० एम वि ए को नया ट्रान्सफर्मर जडानको तयारी गरिएको आयोजना प्रमुख द्धिपेन्द्रराज द्धिवेदीले जानकारी दिए । यस अघि ३० एम वी ए को ट्रान्सफर्मर रहेको थियो । ३३ के भी लाइन मार्फत आएको विद्युत २७ देखि २८ मेगावाट आइरहेको र बढि भएमा ट्रीप हुने कारणले बढि क्षमताको ट्रान्सफर्मर जडान गर्न गालगिएको उनले जानकारी दिए । इलाम पुवाखोला जलविद्युत केन्द्र, जोगमाई, पुवाखोला वान, हिमाल दोलखा र पाँचथरबाट तिल्केनीमा ३३ केभी लाइनमार्फत आएको विद्युतलाई ट्रान्सफर्मरले १३२ के भी लाइनमा पठाउन मद्दत पुर्याउछ ।  सानिमा माइ हाइड्रो र अपरमाईबाट उत्पादित विद्युत भने १३२ के भी प्रसारण लाइनबाट आउने भएकाले सिधै राष्ट्रिय प्रशारणमा गइरहेको उनले बताए ।  ट्रान्सफर्मर ल्याउनका लागि मेची राजमार्गको राजदुवालीदेखि गोदक कावेली कारिडोर सव स्टेसनसम्म सडक मर्मतको कार्य भइरहेको छ । उक्त सडकलाई आगामी वर्षमा कालोपत्र गर्नका लागि डेढ करोड रकमको ठेक्का लाग्ने उनले बताए । नेपाल हाइड्रो मार्फत ट्रान्सफर्मर जडान कार्य भने असार महिना भित्रमा सक्ने बताइएको छ । ट्रान्सफर्मर जडानले विद्युत आपुर्ति अवरुद्ध नहुने आयोजनाको दावि छ । 
२०११ मा ठेक्का सम्झौता भइ काम शुरु भएको काबेली कारिडोर १३२ प्रसारण लाइन आयोजना २०१४ सम्ममा सम्पन्न गर्नुपर्ने भएपनि विभिन्न कठिनाइले हाल सम्म निर्माण सम्पन्न हुन सकेको छैन । आयोजनाको दुुइ पटक सम्म म्याद थप भइसकेको छ भने विश्व बैकले आयोजनाबाट हात झिकिसकेको छ । आयोजनाको दोस्रो खण्ड अन्तर्गत सोयाकदेखि फिदिम थापाटार सम्म जम्मा एक सय २५ टावर निर्माण गर्नुपर्नेमा हाल सम्म एक सय एक टावरको जग हाल्ने कार्य सम्पन्न भएका ेर ९४ टावर निर्माण भइसकेको द्धिवेदीले जानकारी दिए । यो खण्डमा ४२ किलोमिटर तार टाँग्ने कार्य मध्ये हालसम्म २० किलोमिटर मात्र सम्पन्न भएको छ ।  यस्तै थापाटारदेखि अमरपुर खण्डमा ४० वटा टावर मध्ये ३९ वटाको फाउण्डेसन कार्य भएको र ३५ वटा टावर जडान कार्य सकिएको छ । यो खण््डमा साढे १३ किलोमिटर मध्ये करिव दुइ किलोमिटर मात्र तार टाँगीएको छ । अव जम्मा २५ टावर निर्माण कार्य बाँकी भएपनि जग्गा विवाद भएका स्थानमा सहमति भएकाले छिटै बन्ने आशा उनले व्यक्त गरे । सिद्धिथुम्का, चमैता र जोरसाल लगायतका स्थानमा स्थानीयले जग्गा विवादका कारण आयोजनाको निर्माण अवरोध गरेका थिए । सिद्धिथुम्कामा जम्मा ११ टावर मध्ये तीन वटा टावरको जग खन्ने कार्य शुरु भइसककेको उनले जानकारी दिए । बाँकी टावर निर्माणका लागि स्थानीयसँग सहमति भएका ेर नयाँ जग्गा नापी कार्य सम्पन्न भएको आयोजनाको दावी छ । 
तीन अर्व ५९ करोड लागतमा सम्पन्न हुने भनिएको आयोजनाको निर्माण अवधिमा जम्मा आठ वटा टावर थप भएपनि जम्मा लागत नवढ्ने उनले बताए । यो अवधिमा सामान सप्लाइमा थप अढाइ करोड भार बढेको बताइएको छ । विश्व बैकले हात झिकेसँगै आयोजना मार्फत निर्माण हुने ग्रामिण विद्युतिकरण कार्यक्रम प्राधिकराणको सोलार पावर प्रोजेक्ट मार्फत अगाडि बढ्ने भएको छ । टेण्डर आह्वान भइ मुल्याँकन भएको द्धिवेदीले जानकारी दिए । 
आयोजना निर्माणमा भएको ढिलाइसँगै पाँचथर र ताप्लेजुड. जिल्लामा निर्माण सम्पन्न भएका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रशाणरमा नजोडिएकाले उत्पादन खेर जाने भएको छ । पछिल्लो समयमा निर्माण सम्पन्न हुने तरखरमा रहेको कावेली वी वान प्रोजेक्टबाट उत्पादित विद्युत पनि खेर जाने निश्चित प्राय छ । 
 

प्रतिकृया दिनुहोस