• सोमबार ९-२-२०७५/Monday 12-17-2018
  • 04:11:43

कच्चिबाटोमा वर्खाको यात्रा

भगीरथ भण्डारी :
बेलुकाको पाँच बजेको थियो । मोवाइलमा घण्टी बज्यो । मेरो पहिलेको फोन बिग्रेर नयाँ फोन किनेको थिए । मोवाइलमा कसैको नम्वर थिएन । कस्को नम्वर सम्झन खोजे तर सकिन । फोन उठाएर कुरा गरे । दिवाकर दाइको रहेछ । महिले श्वर बाटै चिने । भगीरथ भाइ कता हुनुहुन्छ भनेर सोध्नु भयो । म बजार तिर निस्केको थिए त्यही बताए । भोली नयाँबजार जाउँन भ्याउनुहुन्छ दाइले भन्नुभयो ।  मैले तत्काल जवाफ दिन सकिन र विहान तपाइलाइ फोन गर्छु ल मैले भने । 
अफिसमा एक्लै थिए । जान्छु भन्नु कि जान्न दोदार भए । जाँदा पत्रिकाको काम आफैले सक्नुपर्छ । नजाउता गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम थियो । बेलुकाको छ बज्नै लाग्यो । म के गर्ने सम्झदै कोठातिर लागे । समय भएको भएत त आजै काम गर्ने थिए र जान सक्थे मनमा कुरा खेल्दै थियो ।
बिहान आठ बजे हिड्ने कुरो थियो । विहान चाडै अफिस गएर काम गर्छु भन्ने निणय गरे । बेलुकाको खाना खाएर सुते ।  
विहान पाँच बजे नै उठेर अफिस तिर लागे । म जान्छु भनेर दिवाकर दाइलाइ भनेको थिइन । त्यतिवेला पनि भनिन । महिले पत्रिकाको काम सकिन भने जान भ्याउने थिइन । म तयारी भएरै निस्केको थिए । बिहानको आठ बज्यो । आधा मात्र काम सकेको थिए । अब जान भ्याउछु भन्ने लागो र दाइलाइ फोन गरे । कहाँ वाट गाडी चड्ने सोधे । गाडी विग्रिएर ग्यारेज लगेको रहेछ  एकछिन ढिलोहुन्छ भन्नुभयो । म अलिक ढुक्क भए काम गर्ने समय निस्कियो । 
साडे आठ सम्म काम गरेर अफिसवाट निस्किए । सापकोटा प्रेस अगाडिवाट गाडी चड्ने कुरा थियो । म तेतै तिर लागे । दिवाकर दाइ आइसक्नु भएको रहेछ । म पनि पुगे । कौशिला जी पनि आइपुग्नु भयो । तीन जना भेला भएपछि गाडी कँहा आइपुग्यो सोध्यौ । गाडी ग्यारेजवाट हिनिसकेछ । अनी भिम दाइलाइ फोन गयौ । दाइ जिरोमा आएर हामिलाइ पर्खिरहनु भएको रहेछ । दिवाकर दाइले खाजा खाएर मात्र हिड्नुपर्छ भरे खाना खान ढिलो हुन्छ भनेर खाजा खान पस्यौ ।  खाजा खाएर गाडीमा सामान लगायौ । नया बजारको यात्रा शुरु भयो । भिम दाइलाइ जिरो वाट लिएर तिल्केनि गोलाइबाट गोकुल सञ्जेल सरलाइ गाडीमा चडायौ । तिल्केनि बाटनै कच्चि र हिलो बाटो शुरु भयो । सात जनाको टोलि भयौ । चार जना पत्रकार, दुइजना हामिलाइ लिन आउनु हुने गाडी स्टाफ र वडा सचिव गोकुल सर ।  तिल्केनि भन्दा अलि तल पुगेका थियौ । हामिलाइ लिन वेलुका आउदै गर्दा गाडि बाटोमा विग्रिएर रात भरी गाडीमा नै सुतेको कुरा पेम्वा दाइले सुनाउनु भयो । निकै दुख गरेर हामिलाइ लिन आउनुभएको रहेछ । पानि परिरहेको र बाटो चिप्लो  थियो । पानि, हिलो र बाटोको गफ गर्दै थियौ । गाडिमा गित वजिरहेको थियो । माइखोला पुग्ने वेलामा हाइड्रोको कुरा उठ्यो । त्यहा ९.९ मेगावाटको हाइड्रोबनाउन काम भइरहेको रहेछ । गफै गफमा माइखोलाको पुल तरेर नामसालिङको उकालोवाटो शुरु भयो । वाटो झन हिलो र चिप्लो रहेछ । अगाडीको सिटमा वस्ने र पछाडी वस्ने विच एक आपसमा गफ हुदै थिए । गाडीमा गित बजिरहेको थियो । कौशिला जी भिमदाइ र म गीतवारे कुरा गदै थियौ । त्यसवेला नारायण गोपालका गीतले चर्चा पाइरहेको थियो । भिमदाइले निकाल्नु भयो नारायण गोपालका गीत । दाइले आफ्नै श्वरमा रेकर्ड गर्नुभएको रहेछ । तीनै गीत सुन्दै वाटो कटिरहेको थियो । कौशिला जी र म भएर दाइलाइ यति मिठो श्वर छ वाहिर निकाल्नुपर्छ लुकाउनु हुदैन सार्वजनिक ठाउँमा गाउनु भनेर जिस्क्याइ रहेका थियौ । भिम दाइ मुसुमुसु हाँस्दै हुनुहुन्थ्यो । त्यसै विच गोकुल सरले नामसालिङको वारेमा सुनाउदै हुनुहुन्थ्यो । नामसालिङले धेरै जना सरकारी जागीरे र नाम चलाएका व्याक्ति जन्माएको रहेछ । त्यस ठाउँमा चार पाँच दिन सदरमुकाम खलङ्गा वसेको रहेछ । शुक्रवारे वजार पुग्दा दिवाकर दाइले नीजामति जागिरमा मतदाता परिचय वाड्न जानुभएको रहेछ । त्यतिवेला पाएको दुख सुनाउनु भयो । माओवादीले धेरै दुख दिएका रहेछन । गाडीमा गाना वजिरहेको  थियो । गफ पनि चलिरहेका थिए । शुक्रवारे भन्दा निकै माथि पुगेका थियौ । उकालो हिलो वाटोभएको ठाउँ आयो । अलिकति वाटोमा त गाडि चड्यो र फस्न थाल्यो ।

 

हामि गाडिवाट उत्रियौ । निकै वेरको प्रयत्न र दुखले त्यहा वाट गाडि निकाल्न सफल भएर अगि वड्यौ । पाँच मिनेट पुग्दा नपुग्दै फेरी गाडी फस्यो । गाडीमा कोदाले रहेछ । भित्तो खन्दै गाडीको चक्का अगाडी फूको माटो लगाएर गाडी निकाल्यौ । एक घण्टा सम्म गाडी फस्यो । विमल दाइ खलासी जस्तै भइओ भन्दै हुनुहुन्थ्यो । गलेर थकित हुनुभएको थियो । पुग्न अझै निकै वाटो थियो । फेरी दुइमिनेट नपुग्दै गाडी फस्यो । छोटो ठाउँ भएकाले त्यहा धेरै समय लागेन ।

एकछिनको यात्रा पछि नयाँवजार पुग्यौ । वजारको दिन हाट लागिरहेको थियो । वजार कटेर गाँउपालिका छिर्यौै । त्यहा पशुपति दाइ र डिल्लि  दाइसँग भेट भयो । दुइजना वाइकमा जानु भएको थियो । कार्यक्रमका लागी मानिसकहरु आइरहेका थिए । सवै जना गाउँपालिका छेउमै रहेको चन्द«भण्डारीको होटलमा खाना गयौ । जाँदै गर्दा प्रेम दाइसँग भेटभयो । खाना खाएर भिमदाइ प्रेमदाइ र म बजार घुम्न हिन्यौ । वजार घुम्दै जादा वजारभन्दा नजिकै रहेको अमर कल्याण माध्यमिक विद्यालय तिर लाग्यौ । जुन सरकारी विद्यालय भएपनि अग्रेजी र नेपाली दुवै माध्यममा कक्षा सञ्चालन हुदै आएका छन । विद्यालयमा एकछिन रहेर प्रेम दाइको घरतिर लाग्यौ । दाइको घरमा चिया पिउदै गर्दा कार्यक्रम शुरुहुन लागेको थाहा पायौ । कार्यक्रम तिर लाग्यौ । 
इलाम एफ एमको प्राविधिक सहयोग र गाउँपालिकाको आयोजनामा सुसासनका लागि सार्वजनिक कार्यक्रम थियो । दुइ घण्टा सम्म सञ्चालन भएको कार्यक्रम सकिए पछि खाजा खाएर इलाम फर्कने तयारी गर्न थाल्यौ । इलाम आउँदा गाउपालिका आइटि अफिसर घर सम्मको जान हामि सँगै आउँनुभयो । ओरालो वाटो हिलो ओभाएको थिएन । गाडि चिप्लिएर तेर्साे पर्दै थियो । भिमदाइ मानिसले पाएको टेन्सनको पिस सुनाउदै हुनुहुन्थ्यो । गोकुल सरले पनि पिस सुनाएर हसाउँदै हुनुहुन्थ्यो । हामि शुक्रवारे वजार आइपुग्यौ । त्यहा चिया पिएर मात्रै हामि हिन्यौ । चार जोर पिपलमा आइटि अफिसर उत्रनु भयो । उहाँको घर त्यही रहेछ । त्यहा वाट सात जना हिन्यौ । गाडी विस्तारै कुदिरहेको थियो । रात पर्दै गएको थियो । भिमदाइ र गोकुल सरले गित, सङ्गितको कुरा गर्दैहुनुहुन्थ्यो । त्यतिवेला गोकुल सरले आफै रचना गर्नुभएको गीत सुनाउनु भयो । निकै राम्रो रहेछ । यात्रामा धेरै समय  गीत सङ्गितमै भूलेका थियौ । वेलुका आठ वजे इलाम आइपुग्यौ । गोकुल सर तिल्केनिमा उत्रनु भयो , भिमदाइ जिरोमा । हामि पाँचजना गाडिमानै थियौ । वसपार्कमा आएर गाडी स्टाफलाइ बस्ने व्यवस्था मिलाउ भनेर वसपार्क भित्र पस्यौ । विमलदाइले पहिले खाना खानुपर्छ भन्नुभयो । सवै जनाले खाना खायौ । कोशिला जी वसपार्क वाट कोठातिर लाग्नु भयो । हामिले लगेका सामान झार्न सापकोटा प्रेसमा गाडि लिएरपुग्यौ । सामान राखेर हामि पनि कोठा तिर लाग्यौ । 
वर्खाको समयले गर्दा गाउँ गाउँ जाने बाटाहरु हिलो र चिप्लो भएका छन् । एक घण्टामा पुगिने ठाउँ चार पाँच घण्टा लाग्न थालेको छ ।  गाउँ जाने गाडीहरुलाइ असोज सम्म समस्या हुने गर्दछ । 

प्रतिकृया दिनुहोस