• बुधबार ८-२६-२०७५/Wednesday 12-12-2018
  • 03:47:08

व्यक्तिगत सम्पत्ति खर्चेर सार्वजनिक पुस्तकालय

कविराज घिमिरे, धनकुटा । करिब दुई करोड रुपैया बराबरको ब्याक्तिगत सम्पती खर्च गरे धनकुटाका साहित्यकार टिका प्रसाद लामिछानेले सार्बजानीक पुस्ताकालय निर्माणका गरेका छन् ।‘मधुखोले काँहिला’ साहित्य उपनामले परिचित ७७ वर्षीय टिकाप्रसाद लामिछानेले धनकुटा–५ देवानटारमा अवस्थित २ करोड मुल्य पर्ने आफ्नो पक्की घर सहित ८ आना जग्गा र फर्निचर श्री गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्कालयलाई उपलब्ध गराएका हुन् । करिव ८ आना जग्गा र दुई तले पक्की घरको मुल्य बजारको चलनचल्ती मुल्य अनुसार दुई करोड रुपैया भन्दा वढी पर्छ । पुस्तकालय भित्र दराज, र्याक, खाट, कुर्सी, टेवल गरी १ सय ६० थान भन्दा वढी फर्निचर  रहेका छन् ।

 

 श्री गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालय २०६८ सालमा उनै लामिछानेले स्थापना गरेका हुन् । करिव १४ वर्ष शिक्षण पेशामा विताएका लामिछाने करिव ४० वर्ष पूर्वी तराईका विभिन्न ठाउँमा वसेर पूर्नः जन्मभुमी धनकुटा फर्किए । ‘आफु जन्मेको ठाउँलाई केही गर्न सक्छु भन्ने अठोट लिएर धनकुटा फर्किए’ उनले भने ‘आफ्नो सन्तानलाई अंशवण्डा लगाइ आफ्नो भागमा परेको ‘जीउनी भाग’ अर्थात ‘पुख्र्यौली सम्पत्ति’ पुस्तकालय प्रति समर्पण गरेको हुँ’ । संस्कृत, हिन्दी, नेपाली, अंग्रेजी, वंगाली, मैथिली, नेवारी, किरात, याम्फू आदि विभिन्न भाषाका ३० हजार भन्दा वढी पुस्तकहरू रहेका छन् । पुस्तकालयको सुविधा सम्पन्न दुईतले भवन भित्र चार कोठा, एउटा सभाहल र छुट्टै कर्मचारी आवासको व्यवस्था छ । पुस्तकालय भित्रका धेरै पुस्तक लेखक आफैले पठाइदिएका छन् । प्रकाशन संस्था र प्राज्ञिक संस्थाले दिएका छन् । केही दुलर्भ पुस्तक आफैले खरिद गरेको उनले बताए । दोस्रो तलाको एकातिरको कोठामा वाल पुस्तकालय शाखा छ । उक्त शाखा भित्र वालवालिकाहरूको लागि चित्र कथा, कविता, विभिन्न कथा संग्रह भएका उपयोगी किताव राखिएका छन् । क्यारामवोर्ड पनि छ ।

 

लामिछानेले लेखेको मौलिक, संस्कृतवाट नेपाली अनुवाद, हिन्दीवाट नेपाली अनुवाद, कविता तथा गीत संग्रह लगायत २० भन्दा बढी पुस्तक प्रकाशन भइसकेका छन् । जसमध्ये पूर्वाञ्चलमा धनकुटा, चारधाम यात्रा, कालजयी वाणि उनका चर्चित पुस्तक भित्र पर्दछन् । नेपाली भाषा साहित्य र संस्कृतिमा उल्लेखनीय योगदान पुर्याएको भन्दै समाजसेवी तथा साहित्यका लामिछानेलाई दर्जन भन्दा वढी संघसंस्थाले सम्मान तथा पुरस्कृत गरिसकेको छ । समाजसेवी तथा साहित्यकार लामिछानेको सक्रियतामा चार ओटा पुरस्कार कोष स्थापना भएका छन् । गर्गाचार्य सामुदायिक पुस्तकालयमा अध्ययन गर्न दैनिक पाठकको घुँइचो लाग्छ । पुस्तकालय सञ्चालन गर्न समिति गठन गरिएको छ । जसको अध्यक्ष उनी आफै छन् । पुस्तकालयका ३ सय जना भन्दा वढी आजीवन सदस्य छन् । विशेष गरेर धनकुटेली जनताहरू, प्राज्ञिक, वुद्धिजीविहरू लगायत सबैले एउटा शैक्षिक वातावरण पाउन, अध्ययन चिन्तन गर्ने अवसर पाउन शिक्षा सम्वन्धि सेवा पुगोस् भन्ने उद्देश्यले पुस्तकालय स्थापना गरिएको उनले बताए । पछिल्लो समय पुस्तकालय सञ्चालन गर्न नियमित खर्चको अभाव हुन थालेको उनले बताए । ‘मैले सामाजिक सेवामा यत्रो सम्पत्ति दिएको छु’ उनले भने ‘यो सम्पत्ति राज्यकै हो । राज्यले उचित संरक्षण गरोस् भन्ने मेरो अन्तिम इच्छा हो ।’ उनले भने पुस्तकालयको सम्पूर्ण स्वामित्व स्थानीय तहले लिइदिए हुन्थ्यो । पुस्तकालयको पानी बिजुली वत्तिको पैसा तिर्न कतैवाट स्रोत नजुट्दा दुईटा कोठा भाडामा लगाएका छन् । 

 

अब यसको संरक्षण कस्ले गर्ने भन्ने चिन्ता लामिछानेको छ । उनले भने ‘अलिकति मेरो अवस्था वयोवृद्ध भइसकेको छ । रोगले च्याप्न थालेको छ । धेरै औषधी खाएर वाचिरहेको छु । यो पुस्तकालय अव जिल्लाको सम्पत्ति, नगरको सम्पत्ति हो । राष्ट्रको सम्पत्ति भइसकेको छ’ उनले भने ‘यसलाई सरकारी निकायवाट हेरियोस् । सरकारी निकायवाट संरक्षण होस् भन्ने मेरो चाहना छ ।’

प्रतिकृया दिनुहोस