• मंगलबार ६-३०-२०७५/Tuesday 10-16-2018
  • 08:28:24

बिश्वकपको प्रभाव : इलाममा टेलिभिजन र डिसहोमको ब्यपार बढ्यो

इलाम ३० जेष्ठ : बिश्वकप फूटबल आजबाट रसियामा सुरु हुँदैछ । बिश्वकप सुरु हुन लाग्दा नेपालमा टेलिभिजन सेटको बिक्री दोब्बरले बढेको छ । विश्वकप हेर्नकै लागि सबैको रोजाईमा ठूला आकारका टीभी सेट पर्ने गरेका छन् । यसैक्रममा इलामका टीभी पसलमा अहिले सामान्य अवस्थामा भन्दा हाल ग्राहकको भीड केही मात्रामा बढेको छ । विश्वकपलाई लक्षित गरी विभिन्न ब्रान्डका टेलिभिजनका बिक्रेताले विभिन्न योजना ल्याएका छन् । 
जिल्लामा झण्डै २५÷३० प्रतिशतले टीभीको ब्यापारमा वृद्धि भएको इलाम बजारमा सामसुङ कम्पनिको टीभी बिक्रि गर्दै आउनु भएका गोबिन्द टूेडर्सका सञ्चालक गोविन्द कर्मचार्यले बताए । विश्वकपकै अवसर पारेर विभिन्न अफर राखिएकाले पनि टीभीको व्यापार बढेको छ । 
सामसुङले १२ देखी १५ प्रतिशतसम्म छुट र विभिन्न उपहार भौचर राखेको छ । यसैगरी गोविन्द इलेक्टूोनिसले इलाममै पहिलो पटक ६५ इन्चको हाइसेन्सि ब्राण्डको टीभीको बिक्रि बितरण सुरु गरेको छ । दुईलाख २४ हजार मूल्य पर्ने उक्त टीभी अहिले उक्त ब्राण्डले बिश्वकप फूटबलको अवसरमा ५७ हजार रुपैंयाँ छुट गरेर एकलाख ६७ हजार रुपैंयाँमा बिक्रि बितरण गरीरहेको सञ्चालक कर्मचार्यको छ । जसमा स्क्रयाच कुपन राखेर बिभिन्न पुरस्कार राखेको छ भने बिभिन्न बम्पर उपहार समेत राखेको बताइएको छ । यस्तै इलाममा अन्य समयको तुलनामा सिजि र एलजि टिभिको ब्यपार पनि ह्वात्तै बढेको छ ।
 सामान्य समयमा भन्दा अहिले सिजि र एलजि टीभीको ब्यपार २५ प्रतिशत सम्म बढेको छ । बिश्वकप फूटबलको अवसरमा सिजि टीभी खरीद गर्नेलाई ३० र एलजि टीभी खरीद गर्नेलाई ३१ प्रतिशतसम्म छुट दिएकाले बिश्वकप नजिकिएसंगै इलाममा टीभीको ब्यपार बढेको सिजि र एलजि कम्पनिको टीभी इलाममा बिक्रि गर्दै आएको बैद्य टूेडका सञ्चालक तोरण बैद्यले बताए । 
सामान्य समयमा भन्दा अहिले दैनिक ४÷५ वटा टीभी बिक्रि भइरहेको छ । बैद्यका अनुसार सिजि र एलजी कम्पनिले वारेन्टी पनि चारबर्ष सम्मको दिएपछि यस कम्पनिको पनि टीभी खरीद गर्नेको सङ्ख्या बढेको हो । इलाममा बढी मात्रामा अहिले ३२ र ४० इन्च टीभी बढि मात्रामा बिक्री भइरहेको छ । विश्व बजारमा उत्कृष्ट १० वटा एलईडी टीभी नेपाली बजारमा बढी बिक्री हुने गरेका छन् । सामसुङ, सोनी, एलजी, सिजि, तोसिबा, एओसी, माइक्रोम्याक्स, हाइसेन्स, फिलिप्स, भिडियोकन र पानासोनिक कम्पनीका टीभी बढी बिक्री भइरहेका
 छन् । नेपाली बजारमा 
छ ।  लाख रुपियाँसम्मका टीभी छन् । परिवारमा मात्र नभई विश्वकप छिमेकीसँग पनि समूहमा हेर्ने प्रचलन बढेकाले ठूला आकारका टीभीको बिक्री वितरण बढेको छ । साथीमाभाईसँग रमाइलो गरी खुल्ला स्थान वा होटल रेस्टुरेन्टमा पनि विश्वकप हेरिने भएकाले टीभीको व्यापार इलाममा बढेको बिभिन्न कम्पनिका टीभी बिक्रेता बताउँछन् । विश्वकप फुटबलको अवसर पारेर विभिन्न कम्पनीले आकर्षक छुटको समेत प्याकेज ल्याएकाले समेत ग्राहकले यस सिजनमा बढी टीभी, एलईडीको खरिद गर्दै आएका छन् । इलाममा टीभीको ब्यपार बढिरहँदा डिसहोमको ब्यपार पनि अत्यधिक बढेको छ । इलाम बजारका शुभलाभ वर्क सर्भिसका सञ्चालक धनराज गुरुङका अनुसार बिश्वकपले गर्दा अहिले जिल्लामा डिसहोमको ब्यपार ७५ प्रतिशतले बढेको बताए । आफने पसलबाट मात्र दैनिक ६÷७ वटाको दरले डिसहोम बिक्रि गरीरहेको उनको 
भनाई छ ।

प्रतिकृया दिनुहोस