• बुधबार ८-२६-२०७५/Wednesday 12-12-2018
  • 03:48:35

इलाममा ६ वटा पक्की मोटरेवल पुल निर्माण,  डीभिजन सर्ने भएपछि योजना प्रदेश तिरै 

इलाम ३१ जेष्ठ :  सडक पुर्वाधार र मोटरेवल पुलको का गर्दै आएको सडक डिभिजन कार्यालय इलाम अन्तर्गत संचालन हुदै आएका योजना प्रदेशमा हस्तारन्तरण हुने भएका
छन् । प्रदेश मन्त्रालयबाट माग भए बमोजिम कार्यालयका चालु योजना प्राय प्रदेशमा पठाउने तयारी भएको इञ्जिनियर ध्रुव कुमार झाले जानकारी दिएका छन् । अव डिभिजन कार्यालय अन्तर्गत मेची राजमार्ग र ६ वटा निर्माणाधिन पुल मात्र जिम्मेवारीमा पर्ने उनले बताए । असारदेखि सर्ने गरी सडक विभागमा पठाएको उनले जानकारी दिए । सडक डिभिजन कार्यालय समेत इलाम जिल्लामा रहने वा नरहने टुंगो नलागेको समेत झाको भनाई छ । 
कार्यालय अन्तर्गत विभिन्न २२ वटा मोटरेवल पक्की पुल इलाम जिल्लामा निर्माणाधिन अवस्थामा छन् ।  रणनैतिक पुल अन्तर्गत आठ वटा र स्थानीय पुल कार्यक्रम मार्फत १४ वटा पुल निर्माण भइरहेको छ । यस मध्ये ६ वटा पक्की पुल निर्माण सकिएको र आगामी जेठ मसान्तभित्रमा फाइनल हुने झाले बताए । यसैगरी क्षेत्रीय सडक र रणनैतिक सडक र राजमार्ग मर्मतका कामहरु कर्यालयले संचालन गर्दै आएको छ । 
मेची राजमार्ग बाहेक निर्माणाधिन राते खोला पुल, गीतताड., भाँडी खोला पुल , कावेली खोला पुल, वागमारा र घर्तिको पुल सडक डिभिजन मातहतमा राखिने भएको छ । बाँकी पुलहरुको विवरण विभागमा पठाएको र सवै प्रदेश मातहतमा संचालन हुुने भएको छ । 
बर्षेनी योजना र ठेक्कामा बृद्धि भएपनि बजेटको अभावमा काम भने ढिलो हुने गरेको पाइएको छ । चालु आर्थिक वर्षमा जम्मा २२ वटा पुलका लागि पाँच करोड ९५ लाख मात्र रकम उपलव्ध भएको झाको भनाई छ । आर्थिक वर्ष २०६८। ६९ र यस अगाडि नै सम्झौता भएका निर्माण अझै सम्पन्न भइसकेको छैन । 
आर्थिक वर्ष २०७२।७३ मा ठेक्का सम्झौता भएको पुवा खोला दमाइ इन्टेकमा पक्की पुल निर्माण सम्पन्न भएको छ । तीन करोड ३५ लाख लागतमा पक्की पुल निर्माण भएपछि इलाम सदरमुकामदेखि साड.रुम्बा हुदै जीतपुर र मंगलबारे जोड्ने सडकको दुरी पनि घटेको छ । यस्तै आर्थिक वर्ष २०६८।६९ मा ठेक्का सम्झौता भएको झापा इलाम सीमानामा पर्ने सुकेनिन्दा खोलाको पुल समेत यसै वर्षमा निर्माण सम्पन्न भएको छ । दुइ करोड ४३ लाख ४१ ह्जारमा पुल निर्माण भएको हो । चुरे हुदै पुर्व पश्चिमको प्रस्तावित मदन भण्डारी मार्गमा पर्ने यो पुल बनेसँगै झापाको बाहुण्डागी र इलामको इरौटारबीच सम्पर्क स्थापित भएको छ । माइ नगरपालिकामा पर्ने गरुवा खोलामा दुइ करोड २० लाख २३ हजारमा पक्की पुल निर्माण भएको छ । स्थानीय र ठेकेदार बीच विवाद भएर सुस्त निर्माण भएको पुल निर्माणको ठेक्का आर्थिक वर्ष २०६७।६८ मा भएको थियो । यो पुल निर्माण भएपछि माइ नगरको केन्द्र सीतली र शुक्रबारे बजारका बासीन्दालाई यातायात सहज भएको छ । यस्तै इलाम सदरमुकाम र तराई जोड्ने फास्ट ट्याकमा पर्ने यो पुल निर्माणले थप सहजता ल्याएको छ । फास्ट ट्याकमै पर्ने बुढि सुखानी खोलामा निर्माणाधिन पुल पनि निर्माण सम्पन्न भएको छ । एक करोड ६९ लाखको लागतमा पुल निर्माण भएको कार्यालयले जनाएको छ । 
फिक्कल श्रीअन्तु जोड्ने सीद्दी खोलामा पक्की मोटरेवल पुल निर्माण सम्पन्न भएको छ । एक करोड ३८ लाख दुइ हजार लागतमा पुल निर्माण भएको हो । मेची राजमार्गको पुवा खोला बजारमा पुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । चार करोड ३१ लख ७२ हजारमा निर्माण भएको पक्की पुल निर्माण भएसँगै ताप्लेजुड. सम्मका बासीन्दालाई सहज भएको छ । 

प्रतिकृया दिनुहोस