• बिहीबार १-१३-२०७५/Thursday 04-26-2018
  • 05:24:19

टिपर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

पाँचथर,११ चैत ।  पाँचथरको डिलिहाङ गाउँपालिका वडा नं ७ स्थित सिमखर्कमा आज टिपर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । काठमाडौँ निवासी उमेशसिंह महासेठको मृत्यु भएको र घाइते महोत्तरी बर्दिवास बस्ने २४ वर्षीय शम्भु महराको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

 

बाअ२८प ६६८३ नंको मिनीट्रक सामान लिएर फर्कंदै गर्दा अनियन्त्रित भई सडकबाट ५०० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए । (रासस)

प्रतिकृया दिनुहोस